डा. वीरेन्द्र, जसले नेपालीको क्यान्सर निको पार्न मेदान्तको जागिर छाडे...



Download our app to get more features

काठमाण्डौ । सिराहाको लाहानमा जन्मिएर २९ वर्ष पार गरेका डाक्टर वीरेन्द्र कुमार यादवमा हिजोआज जोश र जाँगरको कुनै कमि छैन ।

भारतको प्रसिद्ध पीजीआई चण्डिगढबाट वर्षदिनअघि क्लिनिकल अंकोलोजी (क्यान्सररोग विशेषज्ञता)को पढाई सकेका यादवले भारतको प्रतिष्ठित मेदान्त अस्पतालमा एकवर्ष काम गर्दापनि आफ्नो विशेषज्ञताको गर्व गर्ने अवसर कहिल्यै पाएनन् । वा, गर्व गर्ने मन नै भएन ।

सन् २०११ म चीनको हेवई मेडिकल युनिभर्सिटीमा एमबीबीस सकेपछि एकवर्ष आफ्नै गाउँ सिराहाको लाहानमा डाक्टरी गरेका यादवलाई अजीव खालको छटपटीले पोलिरहन्थ्यो । चिकित्सक बनेर आफ्नै देशमा सेवा गर्ने अन्तरआंकाक्षा पालेका डाक्टर लाहानमा सन्तुष्ट हुन नसकेपछि पोष्ट ग्रयाजुयटका लागि भारत हान्निए । सामान्य एमबीबीएस डाक्टरमात्र भएर समाजमा ठूलो योगदान गर्न नसक्ने निश्कर्ष निकाले यादवले अघिल्लो वर्ष सन् २०१६मा क्लिनिकल अंकोलोजीमा एमडी सिध्याए । त्यसपछि मेदान्तमा काम थालेका उनलाई क्यान्सर रोग लागेर भारतमा उपचार गर्न गएका नेपालीहरुको अवस्था देखेर सहिनसक्नुभयो ।

विर्तामोडस्थित बीएण्डसी अस्पतालमा भेटिएका डा. यादवले आफ्ना तीता अनुभव सुनाउँदै भने ‘मैले दश हजार पर्ने टेष्टका लागि आफ्नै देशका बिरामीसँग ५० हजारसम्म लिएँ । दैनिक १० जनासम्म नेपाली बिरामीलाई जाँच गरेँ । महंगो पैसा असुलेर नेपालमै उपलब्ध भएका जाँच गराउन भारतका मंहगा डाइग्नोष्टिक सेन्टरमा पठाएँ ।’
 

अघिल्लो शुक्रवार झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा भेटिएका डा. यादवले आफ्ना तीता अनुभव सुनाउँदै भने ‘मैले दश हजार पर्ने टेष्टका लागि आफ्नै देशका बिरामीसँग ५० हजारसम्म लिएँ । दैनिक १० जनासम्म नेपाली बिरामीलाई जाँच गरेँ । महंगो पैसा असुलेर नेपालमै उपलब्ध भएका जाँच गराउन भारतका मंहगा डाइग्नोष्टिक सेन्टरमा पठाएँ ।’

भारतमा बसेर अस्पतालको ब्राण्डकै आधारमा नेपाली विपन्न बिरामीसँग महंगो पैसा असुल्दै गर्दा आफुलाई थप छटपटी भएको उनले सुनाए । उनले जब मेदान्तमा नेपाली क्यान्सररोगीहरुको अवस्था देखे तब उनले एकवर्षपनि भारत बस्ने धैयर्ता जुटाउन सकेनन् । फलस्वरुपः उनी २ महिना अघि विर्तामोडको बीएण्डी अस्पताल ज्वाइन गर्न आइपुगेका छन् । ‘घरमा भाईहरुपनि डाक्टर र इञ्जिनीयर नै छन् । बुबा शिक्षक हुनुहुन्छ । मैले बुबाबाट पाएको दीक्षा भनेपनि शिक्षा भनेपनि आफ्नो क्षमता देशको समुन्नतिमा लागाउने हो ।’ उनले मुस्कुराउँदै भने ।

बल्ल यतिबेला यादवले हर्षको सास फेर्न पाएका छन् । गुणस्तरीय स्वास्थ्य सेवाका लागि केन्द्र वा भारतमै धाउनुपर्ने अवस्थालाई अन्त्य गर्दै बिर्तामोडमै क्यान्सरको उपचार सुरु गर्ने अवस्था आएको छ ।

अब अस्पतालमा छुट्टै क्यान्सर उपचार सेन्टर

बीएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले आफ्नै छुट्टै क्यान्सर उपचार सेन्टर स्थापना गर्दै छ । यसको अन्तिम तयारी भैरहेको डाक्टर यादवले जानकारी दिए ।

क्यान्सर परीक्षण र उपचारका लागि राजधानी, चितवन वा भारत नै जानुपर्ने अवस्थाको अन्त्य गर्न क्यान्सर उपचार केन्द्र स्थापना गर्न लागिएको अस्पतालका निर्देशक डा. निराजन प्रसाईले हाम्रो डक्टरलाई बताए ।

पूर्वमेचीको २५ लाख जनसंख्यालाई लक्षित गरिएको अस्पतालले भारतका बिरामीलाई समेत उपचार गर्ने गरेको छ । परीक्षण र उपचार भारतमा भन्दा सस्तो भएपछि भारतीय बिरामी पनि नेपाल आउने गरेका छन् ।

पूर्वमेचीको २५ लाख जनसंख्यालाई लक्षित गरिएको अस्पतालले भारतका बिरामीलाई समेत उपचार गर्ने गरेको छ । परीक्षण र उपचार भारतमा भन्दा सस्तो भएपछि भारतीय बिरामी पनि नेपाल आउने गरेका छन् ।

डा. यादवले थपे ‘कम्तिमा अब नेपालीले क्यान्सर उपचारमा रेडियेसन गराउन ४ लाख तिरेर भारतका अस्पताल जानुपर्दैन । हामी बढीमा डेढ लाखमा यी सेवा यहीँ चलाउँछौ’ छुट्टिँदै गर्दा उनले हल्का मजाक गर्दै भने ‘अब पूर्वाञ्चलमै क्यान्सर उपचार हुने अवस्था बनेको छ । तर म भने अझैं अविवाहित नै छु । भ्याकेन्सी अनाउन्स गरेर बस्या छु ।’

Last modified on 2017-06-11 17:39:44

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

4 Comments

  1. All the best Dr. Birendra

  2. Cancer : A serious threat to Nepal ....Highly appreciable decision towards contribution in Medical Science of Nepal ... Good Luck And all the best....

  3. Good job Dr. Birendra

  4. All de best. 💐


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts