अनुहारको चायो पोतो हटाउने घरेलु उपायहरु

What's This?


Download our app to get more features

सफा अनुहार स्वस्थताको प्रतिक हो । तर अधिकांस मानिस अनुहारमा चाया पोतोको समस्याले ग्रसित छन् । विशेषगरी गोरो छालामा चाया स्पष्ट देखिन्छ तर, कालो छालामा त्यति देखिँदैन । महिला वा पुरुष जोसुकैलाई पनि कालो पोतो अर्थात चाया आउन सक्छ । पुरुषले यसलाई खासै वास्ता नगरे पनि महिलाहरु भने यो कुराले बढी नै चिन्तित हुन्छन् । प्रायः हरेक अस्पतालमा छालासम्बन्धि समस्याको उपचारका लागि छुट्टै युनिटको व्यवस्था गरीएको हुन्छ भने छालाको मात्रै उपचार गर्ने क्लिनिकहरु पनि सहर बजारमा पाइन्छन् ।

चिन्ता लिइरहने, पानी कम पिउने, बढी घाममा रहने, चर्को बत्तिको प्रकाश छालामा परिरहने, जथाभावि रुपमा सौन्दर्य प्रशोधनका सामग्री प्रयोग गर्नेहरुमा कालो पोतो आउने सम्भावना अत्यधिक हुन्छ । त्यस्तै छालामा मेलामाइन भन्ने तत्व हुन्छ । यसले छालालाई प्रकृतिक रंग दिने काम गर्छ । यदि मेलामाइमा गडबडी भयो भने छालामा हुनुपर्ने रंग नभई अर्कै देखिन्छ । विभिन्न थेग्लाथेग्ली, टाटाटाटी पनि देखिन सक्छ । त्यसैले मेलामाइनको गडबडीले पनि कालो पोतो आएको जस्तो देखिन सक्छ । त्यस्तै महिनावारी बन्द हुने समयमा हर्मोनको गडबडीले पनि चाया आउन सक्छ । गर्भाशय, मूत्रनली, कलेजोको स्वास्थ्य समस्या भएमा र अलि लामो समय बिरामी भएमा पनि अनुहारमा कालो पोतो देखिन सक्छ ।

जथाभावी खुलेका क्लिनिक एवम ब्युटी पार्लरमा उपचार गराउँदा छाला बिग्रन सक्ने भएकाले यसमा सतर्कता अपनाउन चिकित्सकहरुको सुझाव छ । बजारमा पाइने चाया हटाउन प्रयोग गरिने केमिकलयुक्त क्रिम आफूखुशी प्रयोग गर्नुहुँदैन । यसले एर्लर्जी भई अर्को समस्या ल्याउन सक्ने भएकाले प्रयोग गर्नुपूर्व कतै छालामा लगाएर परीक्षण गर्नुपर्छ ।

चाया हटाउने उपाय

चाया अर्थात कालोपोतो हटाउन मात्र नभएर पूरै अनुहार सफा बनाउन विभिन्न घरेलु फेसप्याकहरु प्रयोग गर्न सकिन्छ । यस्ता फेसप्याकले दाग, खटिरा, फोहोर र मृत छालासमेत हटाउन मद्दत मिल्छ । जुनसुकै व्यक्तिले जुनसुकै समयमा पनि फेसप्याक लगाउन सकिन्छ ।

कसरी बनाउने फेसप्याक

जौको पीठो, मुगको दाल, अण्डाको सेतो भाग र दूध मिलाएर बनाएको फेसप्याकले हानिरहित अनुहार सफा बनाउन सकिन्छ । छालाको बाहिरी भागमा रहेको कालो पोतो हटाउन यस किसिमको फेसप्याक उपयोगी हुन्छ । यस्तो फेसप्याक अनुहारमा लगाएको १५ मिनेटपछि दूधले भिजाउँदै मसाज गरेर पानीले पखाल्नुपर्छ । यस बेला कुनै पनि साबुनको प्रयोग गर्नुहुँदैन । बरु नियमित म्वोश्चराइजरको प्रयोग गरेमा छाला सुन्दर देखिनुका साथै स्वस्थ हुन्छ ।

त्यस्तै गाजर, आलु र काँक्रो मसिनो गरी कोरेसोमा कोरेर बटर मिसाएमा राम्रो फेसप्याक बन्छ । मुसुरोको दालको पीठो दूधमा मिसाएर पनि फेसप्याक बनाउन सकिन्छ । घरेलु सामाग्रीकाो प्रयोग गरेर बनाइएका फेसप्याकले छालाको बाहिरी सतहमा भएका फोहोर पदार्थ हटाई अनुहारको सुन्दरता बढाउँछ ।

चाया हटाउन वा यसबाट बच्न सूर्यको किरणबाट बच्नुपर्छ । घाममा निस्कँदा सनस्क्रिन लोसन लगाउनुपर्छ । छालाको प्रकृतिअनुसारको स्याहार गर्नुपर्छ । कुनै जटिल समस्या भएमा छालाको डाक्टरबाट उपचार गराउनुपर्छ ।
त्यसैगरी ताजा तरकारी, फलफूल, सागसब्जी सन्तुलित रुपमा खाने गर्नुपर्छ । मेकअप सामाग्रीमा पाउडर–ब्लसरको सामाग्री प्रयोग नगर्नु राम्रो हुन्छ ।

 

Last modified on 2017-01-02 12:44:14

5 Comments

  1. घनश्याम रेग्मिon Thu, Feb 21 2019 06:32 AM

    मेरो आखाको वरिपरि कालो हुँदै side/side मा पोतो आको छ। केही उपाए भये कृपया इमेल गरिदिनु हुन अनुरोध छ।

  2. मेरो घाम भएको बेला मात्र अनुहारमा पोतो आउछ । के यस्तो पनि हुन्नछ ।

  3. सुरेश कुमार श्रेष्ठ on Wed, Apr 25 2018 10:34 PM

    मेरो समस्य भनेको अनुहार मा पोतो आको 3,4 साल भयो मैले धेरै दबाइ गरे तर जस्ता को तस्तै छ कत्ती पनि ठिक भएन मैले आयुर्वेदि दबाइ पनि गरे भएन तेसैले राम्रो सुजाब सल्लाह दिनु हुन्छ भन्ने आशा गरेको छु धन्यवाद ।

  4. सन्दीप on Tue, Apr 17 2018 02:36 AM

    म दुवै मा छु मेरो अनुहार मा पोतो आएर समस्या भा छ यस लाई कसरी हटओने केहि केही उपाय दिनु पर्यो कृपया email गरि देये म आभारी हुन्थे

  5. मनि राईon Mon, Nov 20 2017 09:57 AM

    मेरो अनुहारमा पोतो पाच बर्षा देखि छ, यो हटाउन मैले एलोकन, मेलाकेयर, मोफर लगाइसके तर अझैसम्म गयकै छैन म यो समस्याबाट अतिनै वाक्क भैसके म अब के गर्ने कुनै उपाया थाहा छैन कृपाया यस्को समाधनको उपया mail garidina huna request garda छु।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts