अधिकांशको रोजाइमा पर्ने प्रसूति तथा स्त्री रोग विशेषज्ञ 'डा. नुतन शर्मा'

प्रसूति तथा स्त्री रोग एवं बाँझोपन सम्बन्धी समस्याको उपचारमा चलेको नाम मध्यको एक हो, डा. नुतन शर्मा ।
२४ डिसेम्बरमा भारतको मुम्बईमा जन्मिएकी डा. शर्माले भारतको कानपुर यूनिभर्सिटीबाट एमबीबीएस अध्यन पुरा गरेकी हुन् । मुम्बईको महाराष्ट्र यूनिभर्सिटीबाट डिप्लोमा इन गाइनोक्लोजी एण्ड अब्सटेट्रिक्स पूरा गरेकी डा. शर्माले बंगलादेशको ढाका युनिभर्सिटीबाट एमएस गरेकी हुन् ।
उनले बंगलादेशको ढाकाबाट एमसीपीएस र डिप्लोमा इन अल्ट्रासाउण्ड पनि गरेकी छिन् । डा. शर्माले सिंगापुरबाट एडभान्स आइभीएफ ट्रेनिङ र भारतबाट फेलोसिप इन आइभीएप गरेकी छिन् । उनले भारतको नयाँ दिल्लीबाट एडभान्स लेप्रोस्कोपिक सर्जरीमा डिप्लोमा र फेलोसिप लिएकी छन् ।
१८ वर्षदेखि प्रसूति तथा स्त्री रोग विशेषज्ञको रुपमा काठमाडौंका विभिन्न अस्पतालमा कार्यरत डा. शर्मा पछिल्लो समय काठमाडौंको थापाथली स्थित नर्भिक इन्टरनेशनल अस्पतालमा कार्यरत छिन्।
डा. शर्माले अल्का हस्पिटलमा कार्यरत छँदा आफ्नै नेतृत्वमा अल्का आइभिएफ एण्ड फर्टिलिटी सेन्टर सञ्चालन गरि बाँझोपन सम्बन्धी समस्या भएका बिरामीलाई सेवा दिएकी थिइन् ।
गम्भीर समस्यालाई पनि लुकाएर बस्ने नेपाली समाजमा महिला स्वास्थ्यका लागि राज्यकातर्फबाट मात्र नभई निजी स्तरबाट पनि सचेतनाका कार्यक्रम विस्तार गर्न पर्नेमा शर्मा जोड दिन्छिन् ।
वरिष्ठ प्रसूति तथा स्त्रीरोग एवम् टेष्टट्युव बेवी विशेषज्ञ डा. शर्माले नर्भिक इन्टरनेशनल हस्पिटलमा अहिले पूर्णकालीन सेवा सुरु गरेकी छिन् ।
करिब १५ वर्षदेखि काम गर्दै आएको ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालसँगको सहकार्य अन्त्यसँगै डा. शर्माले नर्भिकमा पूर्णकालीन सेवा सुरु गरेकी हुन् ।
थापाथलीस्थित नर्भिक अस्पतालमा सञ्चालनमा आएको नर्भिक आइभिएफ सेन्टर मार्फत डा. शर्माले स्त्री रोग तथा बाँझोपनसम्बन्धी समस्या भएका बिरामीको उपचार सेवा सुरु गरेकी छिन् ।