'चिकित्सकको लागि दसैँ भन्ने कहिले हुँदैन, यस वर्षपनि काममै हुन्छु'



Download our app to get more features

प्रशासनिक काम नभएपनि अस्पतालमै बिरामी र कर्मचारीसँग यो दसैँपनि बित्छ : डा. अनुप बास्तोला, निर्देशक टेकु अस्पताल 

गत वर्षको दसैँ हामी अस्पतालमै थियौं । बिरामीहरूको उपचार गर्दै दसैँं मनाएका थियौं । दसैँंको टिका पनि हामीले अस्पतालमा नै लगाएका थियौं ।

अस्पतालमा बिरामीहरूसँगको आत्मीयता छुट्टै भइसकेको हुन्छ । कोरोना सङ्क्रमित बिरामीहरू अझ अस्पतालमा धेरै बस्नुपर्ने हुँदा उहाँहरूसँग छुट्टै खालको आत्मीयता हुन्छ । वृद्धा बुबाआमाहरूरु, युवा अवस्थाका व्यक्तिहरू अस्पतालका आईसीयुमा हुँदा घरमा दसैँं मनाउन जाने भन्ने हुँदैन । फेरी उहाँहरूलाई पनि दसैँंको महसुस गराउनुपर्छ त्यसैले अस्पतालमा नै दसैँं मनाउछु । गतवर्षको भन्दा केही आराम भएकाले अस्पतालको काम सकेर काठमाडौंमा भएका आफन्तकोमा जान सक्छु ।

दसैँंको समयमा मेरो प्रशासनिक कामहरू हुँदैन । तर, बिरामी र कर्मचारीहरूको उपचारमा जोडिन्छु । म कोरोना भाइरस नआउदा पनि दसैँं तिहारमा अस्पताल आउने गर्छु । कोरोना भाइरस आएपछि त झन् राजधानिमा घर भएका चिकित्सकहरूले पालैपालो गरेर काम गर्ने योजना छ । 

चिकित्सकले आफुले हेरिरहेको बिरामीहरूलाई चटकै छोड्ने भन्ने हुँदैन । त्यो बिरामीसँग एउटा आत्मीयता गासिएको हुन्छ । त्यसैले यो दसैँंमा बिरामीको सेवाका लागि अस्पताल आउने योजनामा छु । 

परिवारमा समय नदिएको भन्ने प्रतिक्रिया त आउछ । ती प्रतिक्रियाहरु पहिलादेखि नै आउने गर्दथ्ये । त्यो भन्दा नी एउटा जिम्मेवारी हो । स्वास्थ्यकर्मीले आफ्नो धर्म निभाउनुपर्दछ । 

अन्य व्यक्तिमा र स्वास्थ्यकर्मीमा हुने फरक नै त्यहि हो । स्वास्थ्यकर्मीले बिरामीलाई सेवा कसरी दिने,कस्तो उपचार दिने भन्ने कुरा नै पढेका हुन्छौ त्यहिअनुसार स्वास्थ्यकर्मीको धर्म निभाउनु पर्दछ । त्यसरी धर्म निभाउदा कहिलेकाहि पारिवारी समस्या आउनु स्वभाविक हो । त्यसलाई सामान्य लिनुपर्दछ । 

परिवारसँगको दसैँंमा आफन्तहरू भेटघाट, वर्षौदेखि नभेटेका व्यक्तिहरूसँग भेट्दा एउटा पारिवारीक खुशी मिल्छ । बिरामीहरूसँग र आफ्नो टिमहरूसँग बसेर दसैँं मनाउदा, टिका लगाउँदा त्यहा छुट्टै अनुभुति हुन्छ । स्वास्थ्यकर्मीहरूमा सकारात्मक उर्जा आउछ । 

कोरोना भाइरसका बिरामीहरू धेरै अस्पताल बस्नुभएको हुन्छ । त्यहिअनुसार उहाँहरूसँग राम्रो चिनजान भएको हुन्छ । हाम्रो र बिरामीको एउटा सामिप्यता हुन्छ । त्यसैले त्यहाँ छुट्टै खालको खुशी मिल्छ । 

चाडपर्वहरु बिरामीहरुको पनि हो, स्वास्थ्यकर्मीहरुको पनि । बिरामीहरु पनि संक्रमणको त्रासमा बसिरहेको हुन्छन् । कतिपय बिरामीहरुलाई दसैँं,तिहार आयो भन्ने थाहाँ पनि हुँदैन । बिरामीहरू आईसीयूमा बसिरहेका हुन्छन् । उनीहरूलाई चाडपर्वको खुशी नै हुँदैन । तर हाम्रो प्रमुख कुरा भनेको उहाँहरूलाई सकारात्मक उर्जा दिनु हो । 

अन्त्यमा कोरोना सङ्क्रमण हामीसँगै छ । खोप लगाएका, नलगाएका, जोखिममा रहेका वृद्धवृद्धाहरू बचाउने हामि सबैको जिम्मेवारी हो । त्यसैले धेरैपछि हामिमा खुशिका दिनहरु आएको छ । अहिले सङ्क्रमणदरहरू पनि घटिरहेको अवस्थामा स्वास्थ्यका मापदण्डहरू तोड्दा परिवारका सदस्यहरूमा सङ्क्रमण हुने जोखिम हुन्छ । 

चाडपर्वमा साथिभाई भेटौ तर दुरी कायम राखौ, मास्कको प्रयोगमा ध्यान दियौं । परिवारका सदस्य, वृद्ध, दीर्घरोगीहरूलाई जोगाउन आफ्नो दाइत्व पुरा गरौ । अझै पनि हामी सङ्क्रमणको संघारमा छौ त्यसैले स्वास्थ्य मापदण्ड पालना गर्दौ हर्ष उल्लासका साथ दसैँं मनाऔं ।

 

चिकित्सकको लागि दसैँ भन्ने कहिले हुँदैन, यस वर्षपनि काममै हुन्छु : डा रञ्जीत झा, मेडिकल सुपरिटेडेण्ट, वरिष्ठ कल्सटेन्ट फिजिसियन, गजेन्द्रनाराण सिंह अस्पताल


चिकित्सक पेशामा लागेकाहरूले अन्य सर्वसाधरणहरुले जस्तो दसैँं मनाउन पाउदैनन् । कोरोना महामारी नआउदा पनि अन्य बिरामीहरू अस्पतालमा हुने हुँदा प्रायजसो चाडपर्वमा चिकित्सकहरू अस्पतालमा नै बस्ने गर्दछन् । 

चिकित्सकको धर्म हो बिरामीको सेवा गर्नु । अन्य समय भन्दा यो कोरोना महामारीको समयमा चाडपर्व मनाउन कठिन भने छ । आफु पनि सुरक्षित हुँदै बिरामीको सेवा गनुपर्ने हुन्छ । त्योसँगै चाडपर्वमा घरपरिवारलाई नराम्रो नहोस भन्ने कुरालाई पनि ध्यान दिनुपर्ने हुन्छ । 

यो वर्षको दसैँ परिवारसँग मनाउने योजनामा छु । मेरो परिवार काठमाडौंमा छ । उनीहरू दसैँ मनाउनका लागि राजबिराज आएका छन् । बाहिर मन्दिरमा गएर पुजापाठ गर्ने वातावरण छैन् । त्यसैले अस्पताल परिसर भित्र नै बस्ने हुँदा अब कसरी मनाउन सकिन्छ त्यसरी नै मनाउने योजनामा छु । 

चाडपर्वमा बिरामीहरूसँग बस्दा अलि छुट्टै महसुस हुन्छ । यो समयमा आफ्नो खुशी भन्दा पनि बिरामीहरूको चिन्तालाई ध्यानमा राख्नुपर्ने हुन्छ । हाम्रो लागि त यो बानि नै भइसक्यो । तर कहिलेकाहि परिवारमा निराशा भने छाउछ । 

परिवारले भन्न त त्यस्तो केहि भन्नुहुँदैन । भन्ने कुरा पनि हुँदैन । हाम्रो पेशा नै यस्तो हो काम गर्न नजाउ भन्ने पनि हुँदैन । तर अन्यले परिवारहरुसँग रमाइलोका साथ दसैँं मनाइरहँदा र हामीले परिवारमा समय नदिँदा चै कहिलेकाहीँ निरासा छाउँछ । 

बिरामीहरूले जहिले पनि राम्रो सेवाको आशा गरिरहेका हुन्छन् । चाडपर्वको समयमा पनि चिकित्सले सेवा दिँदा बिरामीहरू खुशी नै हुन्छन् । कहिलेकाहि बिरामीको कुरुवाहरूले वातावरण बिगारेको हुन्छन्,त्यसलाई सहजै स्वइकार्नुपर्छ । 

पेशामा लागेको सुरुको समयमा के पढेछु मैले यस्तो भन्ने लाग्थ्यो । तर, अहिले त्यस्तो हुँदैन । मेरो कतव्य हो बिरामीको सेवा गर्ने र गर्नुपर्छ भन्ने लाग्छ । आम सर्वसाधरण र चिकित्सक फरक हुन । त्यसैले चिकित्सकले मैले चाडपर्व मनाउन पाइन भन्न पनि हुँदैन । किनकि चिकित्सकले बिरामीको सेवा गर्ने हो र जुनसुकै समयमा पनि गर्नुपर्छ । 

चिकित्सक बनेको नै सेवा गर्न हो । यदि चाडपर्व राम्रोसँगै मनाउने हो भने अन्य पेशामा लाग्दा हुन्थ्यो किन चिकित्सक पेशा नै रोज्यौ । त्यसैले चिकित्सकले मैले चाडपर्व मनाउन नै पाइन भन्न नै हुँदैन । हाम्रो पेशा नै यस्तो हो । 

अन्त्यमा दसैँं घरमा नै बसेर मनाउनुहोला । म के भन्छु भने भगवान मनमा हुनुपर्छ । मन्दिरमा गएर धेरै धर्म हुन्छ भन्ने होइन । अहिले को धर्म भनेकै स्वास्थ्य मापदण्ड पुरा गर्नु हो । त्यसैले स्वास्थ्य मापदण्ड पुरा गरेर दसैँं मनाउन आग्रह गर्दछु ।

गतवर्ष दसैँमा घर जान पाइएन, यसपटक भने एक साताको विदामा छु : डा.राजन पाण्डे प्रमुख कल्सटेन्ट फिजिसियन, भेरी अस्पताल 

पेशामा लागेको सुरुको समयमा दसैँ घर नजाँदा नरमाइलो लाग्थ्यो अहिले बानि परिसक्यो । यो वर्षको दसैँंमा म घर जाँदै छु । एक हप्ताको विदा लिएको छु । परिवारसँग बसेर दसैँ मनाउने योजनामा छु । 

गत वर्षको दसैँंमा घर जान पाएको थिइन । त्यसबेला म भरतपुर अस्पताको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट थिए । गत वर्षको दसैँ र तिहार कसरी आयो र गयो थाहा नै भएन । कोरोना महामारीको कारण बिरामीहरुको व्यवस्थापन गर्दै दसैँ तिहार बितेको थियो । 

गत वर्ष त दसैँ तिहार मनाउन घर जान पाएन भन्ने त्यस्तो महसुस गर्ने समय नै भएन । दिनरात बिरामीहरुको व्यवस्थापनमा जुटेका थियौं । कहिलेकाहि राति १२ बजे १ बजे उठेर अस्पताल जानुपर्थ्र्यो । अस्पतालमा बेडहरुको व्यवस्थापन,अक्सिजनको व्यवस्थापन हेनुपर्थ्र्यो । कोरोना महामारीलाई नै कसरी व्यवस्थापन गर्ने होला भन्ने कुरा मै समय बित्थ्यो । त्यसैले त्यस्तो दसैँंमा घर जान पाएन भन्ने कुरा सोच्ने समय नै भएन । 

म यो क्षेत्रमा लागेको करिब दुई दशक भयो । त्यसैले अब परिवारमा थाहा भइसक्यो यो पेशा नै यस्तो हो भनेर । दशैंमा गत वर्ष मात्र होइन म घर नगएको त्यो भन्दा अगाडिका धेरै दशैंमा पनि घर गएको थिइन् । त्यहिकारण परिवारले बुझनु हुन्छ, यसलाई काममा नै छोड्नुपर्छ भन्ने मानसिकता मेरो परिवारमा छ । 

गत वर्षको दसैँमा कोरोना सङ्क्रमित बिरामीहरूको चाप धेरै नै थियो । बिरामीको सङ्ख्या धेरै हुँदा सोचेजस्तो सेवा हामिले दिन सकेनौ । सबैले राम्रो सेवाको अपेक्षा गरेको नै हुन्छन् । यदि राम्रो सेवा बिरामीले पाएमा खुशी हुन्छन् नपाएका असन्तृष्टि त्यो स्वभाविक नै हो । तर, हाम्रो तर्फबाट सकेजति गरेका नै थियौं । 

पेशामा लागेको सुरुको समयमा दसैँं तिहारमा घर नजाँदा अलि नरमाइलो लाग्थ्यो । तर, अहिले आफैलाई पनि बानि लागिसक्यो । चाडपर्वमा घर जान पाए राम्रै लाग्ने र यदि जान नपाए पनि ठिकै लाग्ने भईसक्यो । 

हामीहरु दसैँं त्यस्तो तामझामका साथ मनाउदैनौ । जहिले पनि साधरण तरिकाले नै मनाउँछौ । परिवारिक भेटघाट गर्ने रमाइलो गर्ने गर्छौ । यो वर्ष दसैँंमा घर जाँदै छु । तर त्यस्तो योजना केहि बनाएको छैन । परिवारसँगै बसेर मनाउछु । 

अन्त्यमा कोरोना महामारी केहि कम भएपनि पूर्ण रुपले भने हटेको छैन् । अझै पनि अस्पताहरूमा कोरोनाका बिरामीहरू भर्ना भइरहेको अवस्था छ । सबैजनाले कोरोनाविरुद्धको खोप लगाइसकेको अवस्था पनि छैन् । त्यसैले चाडपर्व मनाउदा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरौ । 

चाडपर्वका आफ्नै रमाइला पक्षहरू छन्, त्यसलाई तडकभडक गरेर नमनाउन आग्रह गर्दछु । त्यसले विभिन्न खालका समस्याहरू निम्ताउन सक्छ । त्यसैले आफ्नो गक्षअनुसार मनाउन आग्रह गर्दछु । साथै कोरोना महामारीलाई ध्यानमा राखेर दसैँ,ं तिहार र अन्य चाडपर्वहरू मनाउन आग्रह गर्दछु ।
 

Last modified on 2021-10-19 11:20:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts