सरलतामा जीन्दगी खोज्ने मायालु दम्पती



Download our app to get more features

जिन्दगीमा के पाउने र गुमाउने कम चलिनै रहन्छ । यो प्राकृतिक नियम हो । मानिस यति नियमलाई स्वीकार गर्न सक्दैनन् र पाएको गुमाएको हिसाब किताब गरेर बस्छन्, त्यसैले जीन्दगीको असली खुसी पाउनबाट बञ्चित रहन्छन्। । चिकित्सक प्रसिको दम्पती भन्दै गए,  “सरलतामा जिन्दगीको सारा खुसी लुकेको छ, खुसी खोज्न कतै जानै पर्दैन ।“

डा. प्रसिकु कतै अथात, गिसुप निख पसिकु तथा डा. आभा पसाई । कुरा चिकित्सक प्रसिको दाम्पतिको हो ।  डा. गिसुप निख पसिकु, नेपाल क्यान्सर अस्पतालका रडिएन अकालाजिष्ट हुन भने डा. आभा एनेस्थस्सिया विशेषज्ञ । गिसुप निख प्रसिको नाम सुन्दा प्राय धेरैले बिदेशी चिकित्सक हो कि भन्ने अड्कल काट्छन् । तर उनि बिदेशी चिकित्सक भने होइनन । उनको नाम उनि जन्मनासाथ हजुरवाले जन्मस्थान, मावली र घर पक्षको केही शब्दका प्रयोग गरि राखिदिएका हुन रे । नाममा देखिने युनिकपन उनमा मात्र होइन उनिहरुका २ सन्तानमा पनि प्रयोग  भएको छ । 

सरलतामा नै जिन्दगीको असली मज्जा खोज्ने पसिको दम्पतीको जिन्दगीको यात्रा कसरी कहिलेबाट सुरु भयो त ?

सहयात्राको सुरुवात
ललितपुरको कुपण्डोलमा जन्मीएका चिकित्सक गिसुप निख प्रसिकोको  पुखौली घर  झापा हो । त्यसैले ५ देखि १० कक्षा सम्मको अध्ययन उनले झापामा नै पुरा गरे । एसएलसी झापामा सकेपछि काठ्माडौ आएर अमृत साइन्स क्याम्पसबाट आइएसी सके ।

एमबिबिएस अध्ययनका लागि भारतको उडिसा भन्ने ठाउको भिएसएस मेलिकल कलेजमा भर्ना भए । सानो सहर भएकाले त्यहाका अधिकांश बिद्यार्थी सिनियर देखि जुनियरसम्म एक अर्कामा परिचित नै हुन्थे । त्यसै कममा डा. पसिकोको आफ्नै कलेजमा पढ्ने जुनियर आभा पसिकोको नजरमा परिन । 

सोहि समयमा घरबाट  उनको बिवाहको कुरा चलिरहेको थियो ।  त्यो समयमा डा. प्रसिकोको मनमा आफुन्दा ३ बर्ष जुनियर डा. आभा मनमा बसिसकेकी थिइन । आभाको घर युनिभरसिटी भन्दा ३ घण्टा टाढा थियो । डा. प्रसिकोको धेरै साथीहरु घरछेउमा बस्ने गर्थे । डा. प्रसिको छोटो बिदामा पनि साथीकोमा आवतजावत गरिरहने भएकाले डा. आभाको ब्यावहार नजिकबाट नियालिरहेका थिए । त्यो ठाउ सानो भएकाले भएकाले सबैले सबैलाई राम्रोसँग चिन्न सक्ने बातावरण थियो । डा. प्रसिकोको  रोजाइमा परेकी उनमा ति गुण थिए जुन डा. प्रसिको र उनको परिवारले खोजेका थिए । डा. आभाले पनि मनको चक्षुले डा. प्रसिकोलाई नियाल्न भ्याइसकेकी थिईन ।

चिनजान भएर सामान्य कुराकानी भइरहने डा. आभालाई एक दिन बिवाहकै प्रस्ताव राखिदिए तिमी म सँग बिवाह गर्छौ ?

डा.आभाले पनि डा. प्रसिकोको सबैसँग घुलमिल हुने र हसिलो स्वभावबाट निकै प्रभाबित थिइन । एउटै पेशा, आफुभन्दा सिनीयर र असल चरित्रको मान्छेको रुपमा बुझेकी आभाले प्रसिकोको प्रस्तावलाई सकारात्मक रुपमा लिइन । तर बिवाहको जिम्मा भने परिवारलाई सुम्पिदिइन र जवाफ दिइन ”परिवारको सहमति भए म तयार छुु ।“

परिवारको सहमति भए आफु बिवाह गर्न तयार भएको जवाफ आयो । त्यतिबेला सम्म डा. प्रसिकोले पनि नेपालमा रहेका आफ्नो परिवारलाई यस बिषयमा केही जानकारी दिएका थिएनन् । 

“मैले त मन पराएको मात्रै थिए, सिधै बिवाह प्रस्ताव राखे पनि ओके भएको थिएन त्यसैले सामान्य रुपमा त्यहि कुराको जानकारी र सहमति माग्न घरमा चिठ्ठी पठाए, त्यसको जवाफमा मेरो परिवारबाट पुरा सहमति आयो तर उनको परिवारबाट केही जवाफ आएन” डा. प्रसिकोले भने “ उनको परिवारबाट जवाफ नआउपछि मेरो पढाइ सकिएकाले म ८५ सालमा नेपाल फर्किए ।” 

नेपाल फर्कन साथ नेपालबाट डा. प्रसिकोको बुवाले आभाको परिवारलाई जवाफ माग्दै चिठठी लेखे । चिठठीको जवाफमा स्वयम् आभाको परिवार नै नेपाल आएर बिवाहको मिति तोकेर भारत फर्किए । उनिहरुको कुरा भएको ३ महिना भित्रमा बिबाह बन्धनमा बाधिए । 

भाषाले बढाएन दुरी
सामान्यतय बिवाह गरेर अर्को समाज र परिवारलाई आफ्नो परिवारको रुपमा अपनाउदा जो कोहीलाई पनि केही समय असहज लाग्नु स्वभाबिक मानिन्छ । त्यसमाथि डा. आभाको लागि देश अर्को, समाज परिवार नै अलग देशको कुरो थियो  । डा. प्रसिकोको परिवार शिक्षित थिए । त्यसैले पनि अन्य कुरामा केही अफ्ठयाराहरु सामना गर्नुपर्ने खासै अवस्था थिएन । तर कहिलेकनाही भाषाको समस्याको कारण भने केही असहज भएको हो कि भन्ने महसुस गर्थे रे डा. प्रसिको । 

“मेरो हजुरमुवा र आमा हिन्दी नबुझ्ने, आभालाई नेपाली नआउने त्यो बेला उनिहरुमा कुराकानीको लागि केही अफ्ठ्यारो पक्कै थियो, डा. प्रसिकोको कुरामा सहमति जनाउदै डा. आभाले थपिन, तर मलाई नेपाली सिक्न समय लागेन, परिवार सबै मायालु भएकाले मैले त्यस्तो धेरै अफ्ठ्यारो महसुस गर्न परेन । ” 

बिवाह पछिको  जीवन  र  करियर 
नेपाल आएपछि डा. प्रसिको त्रि वि शिक्षण अस्पतालमा मेडिकल हाउस अफिसर भएर काम सुरु गरे । त्यहा २ बर्ष काम गर्दागर्दै लोकसेवा पास गरेर मेडिकल अफिसर भएर नेपाल सरकारमा जागिरे भए । त्यतिबेला त्रि वि ले नाक कान घाँटीमा पोस्ट ग्रयाजुयसनको लागि खुलाएको थियो । सरकारी जागिर भए पनि पढ्ने छुट्टी नमिलेको हुदा स्थाई भएको जागिर नै छोडेरै त्रि विबाटै नाक कान घाँटीमा पोस्ट ग्रयाजुयसन गरे । 

दैवले त चिता म पुर्याउछु भन्छन्, डा. प्रसिकोको हकमा पनि त्यो लागु भएको बताउछन् । मैले पढाइको लागि स्थायी जागिर छोडेको थिए, तर पढाइ पुरा गर्नसाथ पुन लोकसेवा पास गरेर स्थायी जागिरे भइहाले, त्यो मेरो ठुलो सफलता थियो, डा. प्रसिकोले मिठो बिगत सभ्भ,ीए । त्यसपछि उपत्यका बाहिर पहिलो पटक इएन्टी सेवा लिएर पोखरा सरुवा भए । 

तर डा. आभाले एमबिबिएस पढाई पुरा गरिनसकेको हुदा १ बर्षको पढाई पुरा गर्न  बिवाहपछि पुन भारत फर्किन । एमबिबिएस पास गरेपछि डा. आभाले पनि इन्टर्नसिप नेपालमै गर्ने सल्लाह अनुशार बिर अस्पतालमा गरिन । १ बर्ष इन्टनर्सिप सकिनसाथ उनिहरुको पहिलो सन्तानको रुपमा छोरीको जन्म भयो । त्यसबेला डा. पसिकोको सरुवा पोखरामा भएकाले डा. आभा पनि ६ महिना पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा काम सुरु गरिन । ६ महिना त्याहा काम गर्दैगर्दा त्रिबीमा एनेस्थिेसियाको पठाइको लागि इन्ट्रान्स खुल्यो । सोही अध्यननका लागि २०८९ मा डा. आभा पुनः काठमाडौ आइन । झण्डै डेढ बर्षको एनेस्थेसिया को कोर्ष पुरा गर्न साथ लोकसेवा पनि पास गरिन र मेडिकल अफिसर भएर बिर अस्तालमा काम सुरु गरिन । त्यतिबेला डा. प्रसिको पनि पोखराबाट पुन सरुवा भएर बिर अस्पताल आए । 

डा. प्रसिको १९९३ मा डब्लुएचको फिलोसिप पाएर पुन रेडिएसन अकाेंलोजीमा एमडि पढ्न मनिपाल इण्डिया गए  र एमडि अध्यननको लागि कामनिपाल मा ३ बर्ष अध्ययन सकेर पुन नेपाल फर्किए । त्यतिबेला डा. आभा बिरमै कार्यरत थिइन । ९९ सम्म त्यहा काम गरेपछि बिरमा दुबैजनाले राजिनामा दिएर भरतपुर क्यान्सर अस्पतालमा काम सुरु गरे । डिप्युटी डाइरेक्टर भएर काम गरेपछि त्यहि बिचमा  २ सन्तानको अभिभावक बनिसकेका दाम्पति २००७ साल सम्म भरतपरमा काम गरेत्यहापनि राजिनामा दिएर काठ्माडौ आए ।  । भरतपुर क्यान्सर अस्पतालमा २०१६ सम्म काम गरेपछि  पछि रिटार्यड भएछि हाल क्यान्सर अस्पतालमा कार्यरत छन् । डा. आभा भने २००५ देखि हालसम्म नेपाल मेडिकल कलेजमा एनेस्थेसिया बिशेषज्ञको रुपमा कायरत छिन् ।  

एक अर्काको नजरमा
नियमित स्तम्भ दाम्पति का लागि छानिएमा यि सालिन जोडीले एक ले अर्कालाई कसरी बुझेका छन त ? जिज्ञाशा मेटाउदै श्रीमति उसाको बारेमा डा. .... भन्छन् “उनि म भन्दा बढि नै उदार छिन् छेउमा बसेकी श्रीमतिलाई पुलुक्क हेर्दै उनले भने म भन्दा धेरै ज्ञानी र ब्यबहारिक पनि उहाको मुटु धेरै उदाङ्ग र फराकीलो छ, आभा पनि के कम थपिहालिन- ”काम प्रतिको सर्मपण र परिवारप्रतिको अथाह प्रम देखेर म त धेरै नै प्रभाबित हुन्छु उहाबाट तर कहिलेकाहि झनक्क रिसाउने बानी छोडिदिए हुन्थ्यो ।”

डा. प्रसिको आफनी जिवनसाथीमा  समय ब्यवस्थापनको राम्रै ज्ञान भएका् बताउछन् । त्यसैले त उनि घरपरिवार र परिवारका लागि राम्ररी समय दिन सकिरहेकी हुन्छिन  “म त सारै भाग्यमानी छु, हरेक क्षेत्रमा म भन्दा उच्च श्रेणीको जिवनसाथीको साथ छ । छोरीलाई राम्रो संस्कारमै हुर्काइन । तर पनि मलाई कहिल्यै गुनासो गर्दिनन -उनि भन्छन–श्रीमतिको त्याग मुल्य जो कोहि श्रीमानले बुझ्नुपर्छ । मेरो दुखलाई बुझेको छ भन्ने उनिहरुलाई महशुस गराईदियो भने उनिहरुमा अझ साहस थपिन्छ ।दाम्पत्य जिवन सुखमय हुन एक अर्काप्रति माया, इज्जत,छसम्मान हुनु अत्यन्तै जरुरी भएको दुबैको भनाई छ । 

मायालाई जित्दै जिम्मवारी
आफ्नो सन्तान आफैसंग बसोस, आफ्नै रेखदेखमा हुर्कियोस कुन अभिभावकलाई हुन्न र ?तर पेशागत बाध्यता र परिस्थितिलाई हेरेर जो कोहीले पनि  जीवनमा आफ्नो धरै निर्णयहरु आत्मरुचि भन्दा बाहेक गर्नुपर्ने डा. पसिका् बताउछन् । हामी जिवनमा के पायौके गुमायायौ लेखाजोखा  गर्दैनौ डा. पसिकोदाम्पति भन्छन्, जीवनमा आवशयक कुरा सबै पाएका छौ, त्यति हो छोरीहरुको बालापन साथमा भोग्न पाइएन, त्यति नै हो ।

त्यो पनि उनिहरुको भबिष्यकोलागि हो यो कुरा आदिम र ..बुझेका उजिहरु बताउछन् । कान्छी छोरीले अहिले पनि बेलाबेला भन्ने गर्छिन, सायद म त्यतिबेला हजुरहरुसगं बसेर पढ्न पाएको भए पक्कै पनि अझै राम्रो पढाई हुन्थ्यो होला । उनि सम्झाउछिन् सायद त्यो बेला त्यति त्याग नगरेको भए आज तिमी यहा सम्म पुग्ने थिइनौ । त्यो बेला मेरो मन चसक्क नै हुन्छ, तर म उनलाई रामोसगं सम्झाउछु, डा. आभा भन्छिन्, यहि हामीले त्यो समय बच्चालाई सेन्ट मेमेरिजमा नहालेर जता पुग्यो त्यतै स्कुल परिवर्तन गदैगएको भए उनिहरुको पढाई अहिले कहा यति  रामो हुन्थयो होला र ? 

पुस्तामा हस्तान्तरित बिशेषज्ञसहितको पे शा 
पसिकोदाम्पतिका दुइ सन्तान छन् । जठी छोरी आदिम र कान्छी छोरी गेरीम दुबै चिकित्सक पेशामै आवद्ध छन् । रमाइलो पक्ष के छ  भने उनिहरु चिकित्सक मात्र होइन दुबैले आफ्नो पुर्खाको बिशेषज्ञता पनि अपनाएका छन्।

जेठी छोरी  आदिमले एनेस्थेसीयामा एमडी गरिसकेकझट्ट ह्र्दा ुसुन्दा अभिभावकले निर्देशन  दिएअनुशार आफ्नो पढाइ साही बिषयमा पढ्को देखिएपनि आफुहरुलेकहिलेपनि यो पढ यो नपढ भनेर निर्देशन नदिएको बताउछन् । 

हामीले कहिल्यै पनि सोही पेशा अपनाउन कर गरेनौ न त अनुरोध नै गयौ । डा. दाम्पति भन्छन, पढाइमा मात्र होइन उनिहरुको कुनै पनि कुराको छनोटमा हामीले हस्तक्षेप गरेनौ । चिकित्सक पेशा नै त्यसमाथि पनि हामी दुबैको बिशेषज्ञता र उनिहरुको बिशेषज्ञता मिल्नु एक संयोग मात्र हो ।

दाम्पति जीन्दगी जसरी चलायो त्यस्तै चल्छ, जीवनका जलितला अधिकाशं मानिसले नै निम्त्याउने उनिहरुकोसाझा धारणा रहेछ । उनिहरु दुबैले एउटै धारणा बताए, “जिन्दगीको खुसी सरलता भित्र लुकेको छ, त्यसैले अवको बाकीँ जीवन पनि यसरीनै साधारण रुपमा बिताउन पाइयोस भन्ने चाहाना छ ।“ 

(हाम्रो डक्टर मासिक पत्रिकाबाट)

Last modified on 2017-10-08 16:38:11

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts