नेपालमा अकुपंचर उपचार पद्धति लोकप्रिय बन्दै, के के ठीक हुन्छ अकुपंचरबाट ? (भिडियो सहित)



Download our app to get more features

छिल्लो समय प्राकृतिक चिकित्साअन्तर्गतको अकुपंचर उपचार पद्धति पछिल्लो समय नेपालमा लोकप्रिय बन्दै गएको छ । यस पद्धतिबाट कसरी रोगको निदान र उपचार गर्न सकिन्छ भनेर हामीले अकुपंचर विशेषज्ञ डाक्टर जया सत्यालसँग कुरा गरेका छौं । 

अकुपञ्चर पद्धति भनेको के हो ?
नेपालमा निकै पछि मात्र भित्रिएको हो अकुपंचर उपचार पद्दति । चिनियाँ पद्धतिको रुपमा चिनिने अकुपञ्चर दुई शब्द मिलेर बनेको छ । अकु भनेको सियो हो । सियोले पञ्चर गरेर वा खोपेर रोग निदान गरिने विधिलाई नै अकुपंचर भनिन्छ ।

अकुपंचर पद्धतिबाट कुन कुन रोगको निदान गर्न सकिन्छ ?
यो उपचार पद्धतिबाट धेरै रोगको निदान गर्न सकिन्छ । 
१.नशा सम्बन्धी रोग 
२.हाड जोर्नी 
३.माइग्रेन
४.स्ट्रोक
५.नशाको कारण ले लाग्ने पिसाव सम्बन्धी रोग 
६.अनिन्द्रा 
७.बाथ 
८.महिलामा महिनावारीको समयमा लाग्ने रोग 
९. बढी मोटोपना घटाउन

यो उपचार पद्धति किन राम्रो ?
यो पद्धतिबाट उपचार गर्दा कुनै एन्टिवायोटिक लगायतका औषधिको प्रयोग गर्नुपर्दैन जसले गर्दा साइड इफेक्ट नगन्य मात्रामा हुन्छ ।

अकुपञ्चर पद्धति अवलम्बन गर्नु कुन उमेर समुहका व्यक्तिको लागि राम्रो ?
यो उपचार पद्धति ३५–४० वर्षको उमेरमा गर्नु निकै नै राम्रो मान्निछ । तर पनि रोगको प्रकृति हेरेर सबै उमेर समुहका व्यक्तिले यसको प्रयोग गर्न सकिन्छ ।

यो उपचार पद्धति अवलम्बन गर्दा कस्ता कुरामा ध्यान दिनु पर्छ ?
सदैव विशेषज्ञकोमा मात्र उपचार गराउने । यो उपचार पद्धति निकै संवेदनशील पनि भएकाले जथाभावी उपचार गरे गम्भीर अवस्था पनि आउन सक्छ । 

स्वस्थ व्यक्तिले पनि अकुपञ्चर गर्न सकिन्छ ?
अकुपंचरबारे धेरैलाई भ्रम छ कि सियो घोपेर पनि रोग निको गर्न सकिन्छ र ? तर त्यसो हैन । यो उपचार पद्धतिबाट उपचार गरियो भने केही समय बढी लाग्न सक्छ । तर रोग निको भइसकेपछि पुनः दोहोरिने सम्भावना न्यून रहन्छ । यसको सबैभन्दा राम्रो पक्ष निरोगिताको लागि स्वस्थ व्यक्तिले पनि अकुपंचर गर्न सक्छन् । 

भिडियो हेर्नुस् ।

Last modified on 2017-06-19 16:27:38

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts