डेङ्गी सङ्क्रमितको सङ्ख्या २२ हजार ८२



Download our app to get more features

नेपालभरि डेङ्गी सङ्क्रमितको सङ्ख्या २२ हजार ८२ पुगेका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार हालसम्म डेङ्गीबाट ११ जनाको मृत्यु भइसकेको छ। डेङ्गी देशभर ७६ जिल्लामा फैलिएको छ। काठमाडौँ, कास्की, तनहुँ, चितवन र पर्वतमा सङ्क्रमितको सङ्ख्या बढी देखिएको छ।

डेङ्गी नियन्त्रणका लागि पानी जम्मा गरी राखिएका पानीको ट्याङ्की, ड्रम, गाग्री, बाल्टिनलाई लामखुट्टे छिर्न नपाउने गरी राम्रोसँग छोपेर राख्ने, आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक स्थानमा फालिएका काम नलाग्ने भाँडाकुँडा, सिसी, बोतल, टीका बट्टा, प्लास्टिकजन्य वस्तु तथा पानी जन्म नसक्ने अन्य भाँडा तथा सामग्रीलाई पानी नजम्ने गरी व्यवस्थापन गर्नुपर्छ।

सरकारले डेङ्गी नियन्त्रणका लागि कात्तिक ९ गते देशभरका कार्यालयमा सरसफाइ अभियान सञ्चालन गरेको छ। सरकारले डेङ्गीको सङ्क्रमण बढिरहेकाले आजदेखि देशव्यापी रुपमा लामखुट्टेको बासस्थानको ‘खोज र नष्ट गर’ अभियान थालेको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट उक्त निर्णय भएको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो। “डेङ्गी फैलन नदिन पानी जम्ने ठाउँ, मोटर ग्यारेज, कवाडी स्टोरलगायत जोखिम भएका स्थानमा सरसफाइ अभियान सुरु गर्ने स्वासथ्य मन्त्रालयको प्रस्तावअनुसार नै डेङ्गी नियन्त्रण अभियान सञ्चालन गर्ने निर्णय भएको हो”, उहाँले भन्नुभयो।

स्वास्थ्य मन्त्रालयसहित सिंहदरबारभित्रका मन्त्रालयहरु, संवैधानिक निकाय, सेना, प्रहरी, सशस्त्रलगायत विभिन्न कार्यालयका कर्मचारी सरसफाइ अभियानमा सहभागी भएको जनाइएको छ।

स्वास्थ्य मन्त्रालयले डेङ्गी रोकथाम तथा नियन्त्रणका लागि हरेक शुक्रबार ‘१० बजे १० मिनेट’ कार्यक्रममा सहभागी हुन मन्त्रालय, विभाग, निजामति कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ताका साथै आमनागरिकलाई आह्वान गरेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts