हरेक शुक्रवार लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान



Download our app to get more features

प्रधानमन्त्री केपी शर्मा ओलीले लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान देशव्यापी रूपमा सञ्चालन गर्न आह्वान गर्नुभएको छ ।

एक सन्देश जारी गर्दै उहाँले लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियानलाई कम्तीमा हप्ताको एक पटक सञ्चालन गर्न आह्वान गर्नुभएको हो । 

 “डेङ्गे सार्ने लामखुट्टेको नियन्त्रणका लागि सबैभन्दा बढी प्रभावकारी मानिएको लामखुट्टेको प्रजनन स्थल जस्तै पानी जम्ने ठाउँ खोजी लामखुट्टेका लार्भाप्युपा नष्ट गर्ने कार्यलाई कम्तीमा हप्ताको एक पटक शुक्रवार १० बजेर १० मिनेट देशव्यापी अभियानका रूपमा सञ्चालन गर्न म सरोकारवाला निकायनिजामती कर्मचारीसुरक्षा निकायसामाजिक अभियन्ताहरूका साथै सम्पूर्ण आम नागरिकसमेतको सहभागिताका लागि हार्दिक अपिल गर्दछु”उहाँले भन्नुभएको छ । 

नेपालका केही जिल्लामा हालसम्म पनि डेङ्गे रोगको प्रकोप कायमै रहेको र यसले जनस्वास्थ्यका क्षेत्रमा गम्भीर चुनौती सिर्जना गरेको उहाँको भनाइ छ । “नागरिक स्वस्थ भएमा मात्रै समृद्ध नेपालको निर्माण सम्भव छ । स्वस्थ नेपाल भएमा निरोगी नेपालको अभियान पनि सफल हुनेछ”सन्देशमा भनिएको छ ।

यसै गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पनि भिडियो सन्देश मार्फत देशका केही जिल्लामा डेङ्गे रोगको प्रकोप बढिरहेकाले यसलाई गम्भीर बन्न नदिन आज शुक्रवार बिहान १० बजेदेखि सुरु हुने देशव्यापी रूपमा लामखुट्टे खोजी र नष्ट अभियानमा सक्रिय सहभागीताका लागि सबैमा अपिल गर्नुभएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts