इमर्जेन्सीबाट सुरु भएको माया
“जिन्दगीलाई जसरी लियो त्यस्तै बन्छ, फूलको आँखाले हेरे जिन्दगी मुस्कुराउँछ अनि काँडाको आँखाले हेरे बिझाउँछ, कस्तो हेर्ने आफैँले निर्धारण गर्ने हो ।” जीवनलाई कसरी लिनुभएको छ ? एक बिहान हाम्रो डक्टरको कपल अफ द मन्थ स्तम्भका लागि यी चिकित्सक दम्पतीसँग कुराकानीको सुरुवात गर्दा उनीहरूले बडो मीठोपारामा जीवनलाई परिभाषित गरे ।
उनीहरू अर्थात् मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराई तथा मनोचिकित्सक अरूण कुँवर । चिकित्सका क्षेत्रमा निकै राम्रोसँग जम्न सफल जोडी । प्रोफेसनमा जति सफल भएका छन् पारिवारिक तथा दाम्पत्य जीवनमा पनि त्यति नै खुसी र सुखी दम्पतीका रूपमा सफल देखिन्छन् । एकअर्काप्रति उच्च अपेक्षा नराखी माया र सम्मानपूर्वक समानताको व्यवहारमा विश्वास राख्दै अगाडि बढ्न सकेजस्तो परिस्थितिमा पनि जीवन सुखमय बन्ने धारणा राख्ने यिनै दम्पतीको निजी जीवनलाई हाम्रो डक्टरले खोल्दै जाँदा उनीहरू पनि बिस्तारै खुल्दै गए ।
एमबीबीएस सकाउनसाथ त्रिवि शिक्षण अस्पतालको इमरजेन्सी विभागमा कार्यरत ज्योति भट्टराईको डा. अरूणसँग इमरजेन्सी वार्डमै पहिलोपटक भेट भएको रहेछ । डा. अरूण पनि सोही अस्पतालको साइक्रेटिक विभागमा कार्यरत थिए । इमरजेन्सीमा जब कोही बिरामी मानसिक समस्या लिएर आउँछ, त्यतिबेला डा. ज्योति डा. अरूणलाई डाकिहाल्थिन् रे ।
एमबीबीएस सकाउनसाथ त्रिवि शिक्षण अस्पतालको इमरजेन्सी विभागमा कार्यरत ज्योति भट्टराईको डा. अरूणसँग इमरजेन्सी वार्डमै पहिलोपटक भेट भएको रहेछ । डा. अरूण पनि सोही अस्पतालको साइक्रेटिक विभागमा कार्यरत थिए । इमरजेन्सीमा जब कोही बिरामी मानसिक समस्या लिएर आउँछ, त्यतिबेला डा. ज्योति डा. अरूणलाई डाकिहाल्थिन् रे ।
जब मैले उहाँले बिरामीप्रति देखाउने काइन्ड्ली व्यवहार देखें, मायालु व्यवहार देखें, म उहाँप्रति एक्कासि आकर्षित भइहालें । छेउमा बसेर मुस्कुराइरहेका डा. अरूणले थपे, ‘उनी पनि कामप्रति निकै डेडिकेट थिइन्, बिरामीलाई समय दिएर राम्ररी काउन्सिल गर्थिन्, कहिलेकाहीं ब्रेकमा चिया खान जाँदा समय सँगै बिताइन्थ्यो । उनको हरव्यवहारले पनि एकाएक आकर्षित गर्दै लग्यो, त्यसैले भेट भएको एक महिनामै हामी रिलेसनसिपमा रह्यौं ।’
प्रेम अन्धो हुन्छ, मानिस त्यसै भन्छन् । एक–अर्कालाई बुझ्न एक महिना नै काफी थियो त ? जवाफमा डा. ज्योति छोटो समयमा एक अर्कालाई नबुझी रिलेसनसिपमा आउनुलाई मुर्खता भएको बताउँछिन् । “आजको जमानामा रिलेसनसिपको विषयमा रिलेसनसिपमा छिटो डिसिजन गर्नु ठीक होइन तर आफ्नो केसमा भने निकै लक्की साबित भएको हो,’’ उनी भन्छिन् ।
प्रेम अन्धो हुन्छ, मानिस त्यसै भन्छन् । एक–अर्कालाई बुझ्न एक महिना नै काफी थियो त ? जवाफमा डा. ज्योति छोटो समयमा एक अर्कालाई नबुझी रिलेसनसिपमा आउनुलाई मुर्खता भएको बताउँछिन् । “आजको जमानामा रिलेसनसिपको विषयमा रिलेसनसिपमा छिटो डिसिजन गर्नु ठीक होइन तर आफ्नो केसमा भने निकै लक्की साबित भएको हो,’’ उनी भन्छिन् ।
तर, डा. कुँवर भने यसलाई स्वीकार्न तयार छैनन् । उनी भन्छन्, ‘‘एक–अर्कालाई बुझ्न लामो साय अफेयर्समा रहनुपर्छ भन्ने हुन्न, हाम्रो लभ टीनएजर्स लभ थिएन, जहाँ लभभन्दा बढी अट्राक्सन हुन्छ, दुवै परिपक्व अनि प्रोफेसनल पनि । त्यसैले पनि एक–अर्कालाई बुझ्न कठिन थिएन र त छोटो समयमै नजिकियौं नि ।’’
माया त बस्यो त्यसपछि भयो के ?
यी जोडीको भेट हुनेअगावै डा. ज्योति एमडी अध्ययनका लागि अमेरिका जाने तयारी गरिरहेकी थिइन् । तर, डा. अरूण विदेशमा बसेर अध्यन सकेर भर्खर नेपाल फर्किएका । त्यसैले पनि उनी नेपालमै बसेर एमडी पढाइ पूरा गर्न चाहन्थे । ज्योतिलाई सकेसम्म नेपालमै पढ्न रोक्ने कोसिसमा थिए ।
१ वर्षको अन्तरालमा धेरैपटक विवाह गर्ने योजना बनाए पनि ज्योतिका परिवारलाई विवाह गरेर छोरीको पढाइ बिग्रन्छ कि भन्ने चिन्ता थियो रे । एक–अर्काप्रति असिम मायाको वेग भए पनि विवाहकै लागि परिवार र आफ्नो पढाइ पूरा गर्ने सपनालाई सजिलै त्याग्न सकिनन् उनले । त्यसैले चलिरहेको अमेरिकाको प्रोसेसलाई नै निरन्तरता दिने निर्णय गरिन् । “उहाँ विदेश गएर नपढ्ने, म विदेश गएर नपढी नछोड्ने कुरा त्यतिमै मिलेन, फेरि उहाँसँग भेट भएपछिको कुरा बेग्लै हुन्थ्यो, पहिलेदेखिकै योजना त्यसमाथि पनि त्यसैले सहमतिमै रिलेसनसिप ब्रेकअप गर्ने निर्णय गरेर मैले अमेरिकाको यात्रा तय गरेकी हुँ ।”
ज्योतिलाई अमेरिका बसाइ जति लम्बिँदै गयो त्यति नै अरूणको यादले सताउँदै गयो रे । यता अरूणको पनि अवस्था त्यस्तै । दिनदिनै एक–अर्काको अभाव खड्कँदै गएको महसुस गर्न थाले ।
ज्योतिलाई अमेरिका बसाइ जति लम्बिँदै गयो त्यति नै अरूणको यादले सताउँदै गयो रे । यता अरूणको पनि अवस्था त्यस्तै । दिनदिनै एक–अर्काको अभाव खड्कँदै गएको महसुस गर्न थाले । समय आफ्नो वशमा हुँदो हो त उनीहरूले बिताएका हरेक क्षणलाई अनुकूलतामा परिणत गर्ने थिए । तर, समय कसको वशमा रहन्छ र ? ज्योतिलाई अमेरिकामा पढाइ पूरा गर्नु थियो अरूणलाई यहीं । दूरीले बढाएको मायाको गाढापनले अन्य सबै अवस्था र परिस्थिति फिक्का बन्दै गयो ।
रिलेसनसिपमा ग्यापले पनि निकै महत्वपूर्ण रोल खेल्दोरहेछ । डा. अरूण भन्छन्, ‘‘उनी अमेरिका पुगेपछि हामी एक–अर्कालाई धेरै मिस गर्न थाल्यौं, आखिर जहाँ भए पनि विवाह गरेर सँगै बस्ने सल्लाह ग¥यौं । त्यसपछि विवाहकै लागि ज्योति नेपाल फर्किन् ।’’
ज्योति ब्राह्मण परिवारकी छोरी । डा. अरूण परे क्षेत्री । त्यसैले पनि अरूको जस्तो भन्नेबित्तिकै विवाहका लगि परिवार राजी हुने अवस्था थिएन ज्योतिको । तर, एक–अर्काप्रतिको अटुट मायाको विश्वासका अगाडि त्यो समस्या ज्यादै सूक्ष्म बन्यो । परिवारको सहमतिबाटै उनीहरू विवाह बन्धनमा बाँधिए ।
डा. ज्योती भट्टराई र डा. अरुण कुँवर
विवाहपछिको यात्रा अमेरिका
ज्योतिको पढाइ पूरा गर्ने सपना पूरा गर्न विवाहपछिको केही महिनामा डा. अरूणले आफ्नो पूरा हुन लागेको एमडीका पढाइ यहीं छोडेर अमेरिका हान्निए । अमेरिकाको बसाइमा धेरै संघर्ष गर्नु नपरेकाले अमेरिकाको बसाइ निकै रमाइलो बितेको अनुभव सुनाउँछन् । अमेरिका गएको १ वर्ष नबित्दै डा. दम्पतीलाई जुम्ल्याहा सन्तान लाभ भयो । सन्तानको लाभ हुने बेलामा डा. अरूण दम्पती अमेरिकामा पुर्ण रूपमा सेटल भइसकेका थिए । त्यसपछि ४ वर्षको अन्तरालमा अर्की सन्तानका रूपमा छोरीको जन्म भएपछि त झन् उनीहरूले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन ।
नेपाल फर्किने योजना
१० वर्षको अमेरिका बसाइ निकै रमाइलो र सुखमय भए पनि नेपालप्रतिको माया र चिन्ताले भने उत्तिकै सताउने गरेको दम्पती सुनाउँछन् । “हामी बसेको ठाउँमा धेरै नेपाली बस्थे, नेपालीको ग्यादरिङ प्रायः हाम्रो आफ्नो घरमा महिनाको २÷३ पटक गरिरहन्थ्याैँ’’ डा. कुँवर सुनाउँछन्, “प्रायः सबै नेपाली नेपालमै केही गर्न चाहेको सुनाउने गर्थे तर के गर्ने देशको अवस्थाले बच्चाको पढाइ, आफ्नो करिअरजस्ता विषयले अमेरिकामा रहन बाध्य छन् ।”
अमेरिकाकाको बसाइ लामो भए पनि आफ्नो देशको मायाले भने हरहमेसा तानिरहने डा. दम्पती १० वर्षपछि एक्कासी नेपाल कसरी फर्किए त ? त्यो हाम्रो १ रातको सल्लाहले निकालेको निर्णय थियो, हाम्रो डक्टरको जिज्ञासा मेटाउँदै डा. कुँवरले भने, ‘‘मेरा १ नेपाली साथीको आमालाई क्यान्सर भएको रहेछ । त्यस्तो अवस्थामा पनि आफू बाध्यताले आमा भेट्न जान नसकेको भनेर धेरै गुनासो गर्थे । त्ससै रात हामीले नेपाल फर्कने निर्णय गरेका थियौं ।’
अमेरिकाकाको बसाइ लामो भए पनि आफ्नो देशको मायाले भने हरहमेसा तानिरहने डा. दम्पती १० वर्षपछि एक्कासी नेपाल कसरी फर्किए त ? त्यो हाम्रो १ रातको सल्लाहले निकालेको निर्णय थियो, हाम्रो डक्टरको जिज्ञासा मेटाउँदै डा. कुँवरले भने, ‘‘मेरा १ नेपाली साथीको आमालाई क्यान्सर भएको रहेछ । त्यस्तो अवस्थामा पनि आफू बाध्यताले आमा भेट्न जान नसकेको भनेर धेरै गुनासो गर्थे । त्ससै रात हामीले नेपाल फर्कने निर्णय गरेका थियौं ।’
सल्लाहअनुसार तीन छोरी लिएर डा. ज्योति नेपाल फर्किन् । १ वर्षका अमेरिकाको घर गाडी बेचेर सबै मिलाएर नेपाल फर्किने सल्लाहअनुसार ठीक १ वर्षपछि डा. अरूण पनि नेपाल फर्किएका रहेछन् । हाल उनीहरू नेपाल फर्किएर स्वास्थ्य सेवामा लागिपरेको पनि १० वर्ष बितिसकेको छ । हाल कान्ति बाल अस्पताल र मेट्रो पोलिक्लिनिकमा कार्यरत मनोचिकित्सक डा. अरूण कुँवर र मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराई एउटै पेसाकर्मीसँग विवाह गर्नुहँुदैन भन्नेहरूका लागि यी दम्पती उदाहरण बनेका छन् ।
‘‘आफूलाई कति व्यस्त राख्ने भन्ने आफूमा निर्भर रहन्छ, हामी बिहान ९ः३० मा घरबाट निस्कन्छाैँ, बेलुका ५ः३० मा घर फर्कन्छौं,’ डा. दम्पती भन्छन्, “परिवार र प्रोफेसनको ब्यालेन्स गर्न सके जिन्दगीलाई फूल बनाउन सकिन्छ । अनि परिवारलाई बगँंचा । यति गर्न सके निजी जिन्दगीमा मात्र होइन, प्रोफेसनमा पनि एक–अर्कालाई सहयोग गर्दै जिन्दगी डो¥याउनुको मज्जा नै बेग्लै हुन्छ ।”
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>