क्यान्सरको उपचारमा सक्रिय दम्पत्ति



Download our app to get more features

हिलो हेराइमा माया बस्छ, त्यो फिल्ममा मात्र हुन्छ भन्ने लाग्थ्यो रे उनलाई । तर, त्यो आफ्नै जीवनमा लागू भयो । कुरा संवत् २००० सालको हो । सँगै इन्टर्नसिप गर्न गएकी डा. सृष्टि श्रेष्ठलाई देख्नसाथ उनी अर्थात् डा. रोशन प्रजापति मायामा परे । यो कुरा साथीमाझ लुक्न सकेन । एक कान दुई कान मैदान । साथीहरूकै कारणले रोशनको मनको कुरा सृष्टिको कानमा प¥यो । 

कसैले एक भेटमै मन परेको बताउँदा को केटीले पो विश्वास गर्छन् र ? सृष्टिको हकमा पनि त्यही लागू भयो । अल्लारे केटाहरूले जिस्काउने बहाना खोजेको ठानेर वास्ता गरिनन् । सकेसम्म परै बसिन् । नजिकिनुको सट्टा अझ पर तर्किएको देखेर रोशनले आफूलाई मन नपराएको ठानी चुप लागे । 

झन्डै एक वर्षपछि संयोगले उनीहरूको पुनः भेट भयो । एकजना साथीको जन्मदिनको पार्टीमा । त्यो दिन पहिलो दिन थियो दुवैजना खुलेर कुराकानी भएको । संयोग नै भन्नुपर्छ त्यसपछिका दिन उनीहरू दुवैजनाले शिर मेमोरियल हस्पिटलमा काम गर्न थाले । भनिन्छ, ‘जोडी माथिबाटै तय हुन्छ ।’ सँगै काम गर्ने अवसरले उनीहरूलाई नजिकमात्र ल्याएन, जिन्दगी सँगै बिताउन सक्ने योग्य जीवनसाथीका रूपमा पनि एक–अर्कालाई महसुस गराउन थाल्यो ।

चाहेको कुरा भन्नेबित्तिकै कहाँ पाइन्थ्यो ? छोरा डा. बनेपछि विवाह गर्न केटी खोजेर तयारी बनाएका बाबुआमालाई आफ्नो छनोटको विषयमा ‘कन्भिन्स’ गराउन निकै गाह्रो थियो डा. रोशनलाई । ‘तर, मैले कन्भिन्स गराएरै छाडें,’ डा. रोशनले छेउमा बसेर मुस्कुराइरहेकी डा. सृष्टितिर संकेत गर्दै भने, ‘उनको र मेरो प्रोफेसन पनि एउटै भएकाले मलाई कन्भिन्स गराउन गाह्रो परेन । समस्यामा त उनी पो परिछन् ।’

त्यतिबेला लभ अफेयर्सलाई परिवार र समाजले त्यति राम्रो मान्दैनथ्यो । कस्तो परिवारको केटा हो ? छोरीले दुःख पो पाउने हो कि भन्ने अनेकौं प्रश्नको सामना गर्नुपर्ने डर थियो सृष्टिलाई । ‘हाम्रोबारे सामान्य जानकारी पाए पनि घरमा मैले सजिलै कन्भिन्स गराउने अवस्था भने थिएन,’ सृष्टिले भनिन्, ‘एक दिन म बिरामी भएको बेला उहाँले मलाई गरेको फोनवार्ता ड्याडीले सुन्नुभएछ । त्यसपछि भने यो केटाले छोरीलाई खुसी राख्छ भनेर मलाई जानकारी नै नगराई उहाँबारे बुझ्न थाल्नुभएछ ।’

भेट भएको ठीक दुई वर्षपछि दुवै परिवारको सहमतिमा डा. सृष्टि र डा. रोशन २००२ मा वैवाहिक जीवनमा बाँधिए । एक सन्तानको अभिभावकसमेत बनेपछि २००४ मा विशेषज्ञता अध्ययनका लागि दुवै चीन गए । ‘उनले स्त्री तथा प्रसूतीमा मैले क्यान्सर रोग विशेषज्ञता गरेर फर्किएपछि दुवैले क्यान्सर अस्पताल भक्तपुरमा काम सुरु ग¥यौं,’ डा. रोशनले मीठो विगत कोट्याउँदै भने । 

डा. रोशन क्यान्सर रोग विशेषज्ञ त्यसमाथि रोटरी क्लबमा पनि आबद्ध थिए । क्यान्सर रोगको जनचेतनामूलक कार्यक्रम लिएर उनलाई सोसल भिजिट गरिरहनुपर्ने हुन्थ्यो । बेला–बेला डा. सृष्टि पनि साथमा जाने गर्थिन् । अस्पताल र घरको एउटा नियमित दैनिकीभन्दा भिन्नै सोसल एट्याचमेन्ट देख्दा डा. सृष्टि अचम्मित हुन्थिन् । ‘हामी त प्रोफेसनलमात्र हुन्थ्यौं, उहाँको बिरामी र समाजसँगको छुट्टै एट्याचमेन्ट देखेर मलाई पनि अंकोलोजीमा सुपर स्पेसियालिटी गर्न एकाएक रहर लागेर पो आयो,’ डा. सृष्टिले भनिन्, ‘त्यसैले एक वर्ष अगाडि गाइनो अंकोलोजीमा सुपर स्पेसियालिटी गरेरै फर्किएँ ।

डा. सृष्टिले अंकोलोजीमा स्पेसियालिटी गरेर आफूलाई खुसीमात्र होइन, सहयोग पनि पुगेको बताउँछन् डा. रोशन । स्तन र पाठेघर क्यान्सरबारे उपचार र जनचेतनामूलक कार्यक्रममा जाँदा बिरामीले खुलेर कुरा गर्न नसक्ने अवस्था थियो । त्यो समयमा फिमेल डा. भएको भए खुलेर कुरा गर्न सक्ने वातावरण हुन्थ्यो भन्ने महसुस बिरामीको भावना बुझेका हुन्थे डा. रोशनले । 

अहिले क्यान्सरका कार्यक्रम हँुदा महिलामा देखिने क्यान्सरबारे सृष्टिले बिरामीलाई काउन्सिलिङ गर्ने गर्छिन् भने अन्य क्यान्सरबारे डा. रोशनले बुझाउँछन् । ‘अहिले अस्पतालमात्र होइन, फिल्डमा पनि सँगै गएर क्यान्सरका बिरामीको सेवा गर्न पाएका छौं, योभन्दा खुसीको कुरा के हुन्छ र ?’ दम्पतीले भने । 

परिवारप्रति पनि उत्तिकै जिम्मेवार डा. प्रजापति जोडी व्यस्त जीवनशैलीका बाबजुद पनि हरेक शुक्रवार साँझ भने परिवारलाई छुट्याउँदै आएका छन् । जोडी भन्छन्, ‘अन्य दिन व्यस्तताले परिवारलाई समय दिन नसकिने भएकाले शुक्रवार साँझ र शनिवार प्रायः हामी परिवारसँग रमाइरहेका हुन्छौं । 


डा. सृष्टिको नजरमा डा. रोशन
राम्रो बानी

  • परफेक्ट श्रीमान् ।
  • कुशल पिता ।
  • लभिङ एन्ड केयरिङ स्वभाव ।
  • समयसँग आफूलाई चाँडै अपडेट राख्ने ।
  • हरेक कुरालाई सकारात्मक बाटोबाट हेर्ने बानी ।

सुझाव

  • रिस कडा छ, त्यो कम भइदिए हुन्थ्यो ।
  • इन्टरनेटमा धेरै समय बिताउने बानी कम गरे हुन्थ्यो ।
  • मैले जुन कपडा लगाए पनि केही न केही अब्जेक्सन गर्ने बानी ।
  • निकै जिद्दी हुनुहुन्छ । गर्छु भनेपछि गर्नैपर्छ, जिद्दी गर्नुपूर्व अरूले किन हुन्न भन्दै छ भन्नेतिर पनि सोचिदिए हुन्थ्यो । 
  • फर्मलमात्र डे«सअपमात्र गर्ने खोज्ने ।

डा. रोशनको नजरमा डा. सृष्टि
राम्रो बानी

  • खाना पकाउन इन्टे«स्टेड छिन्, त्यसैले साथीभाइ आउँदा केही भन्न पर्दैन ।
  • हामी तीनजना (छोराछोरी र श्रीमान्) कै अभिभावकजस्ती छन् ।
  • साथीभाइसँग भेटघाट या कुनै ग्यादरिङमा जानुपरे पनि कहिल्यै रोकतोक गर्दिनन्, बरु समयमै तयार भएर निस्कन प्रोत्साहहित गर्छिन् ।
  • उनलाई घुम्न मन पर्दैन तर पनि मेरा लागि भए पनि कतै जाउँ भन्दा कहिल्यै नाइँ भन्दिनन् ।
  • असल पत्नीसँगै कुशल आमा र अभिभावक ।

सुझाव

  • लुगा किन्न साह्रै किचकिचे छिन्, आहा नभनुन्जेल किन्दिनन् ।
  • झनक्क रिसाउने बानी ।
  • घरमा सिरियल हेर्दा आफू पनि सिरियस हुने, दुःखको घटना केही आए बिचरा भनेर दुःखी हुने स्वभाव छाडिदिए हुन्थ्यो ।
  • घरको सरसफाइ गर्नुप¥यो भने हामी तीनजनालाई नै कोठाबाट बाहिर निकाल्ने बानी छ । यो बानी मलाई मात्र होइन, छोराछोरी पनि रिसाएर निस्कन्छन् ।
  • घुम्न इन्ट्रेस्टेड भइदिए हुन्थ्योजस्तो लाग्छ । नाइँ नभने पनि जबरजस्ती हाम्रा लागि गइदिएको हो कि जस्तो लाग्छ । 
Last modified on 2017-06-11 17:41:36

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

2 Comments

  1. Most help articles on the web are inaccurate or innroehect. Not this!

  2. Nice love story , past n present ta ekdam ramro ,future ajha ramro hos vanne subhakamana...


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts