कथा– 'अकारण' !



Download our app to get more features

ण्टा, दिन, महिना, वर्ष हुदै दाम्पत्य जीवनले दोश्रो बर्षमा खुट्टा टेक्दै थियो । उमंग, आवेग, जोश उस्तै गरी कायम थियो 'मिस्टर एण्ड मिसेज' गिलानी परिवारमा । नयाँ घरमा भर्खर सरेका थिए उनीहरू । डेराको लामो समयको बसाईबाट भर्खर छुटकारा मिलेको थियो । नयाँ घर रङ्ग–रोगन हुँदै थियो । तेस्रो तलाको रङ्ग–रोगन वाँकी थियो । बार्दलीमा विशेष रङ्ग लाउने योजना मिसेजको थियो । मिस्टर गिलानीले स्वीकार गरेका थिए यसलाई । फराकिलो जग्गामा बनेको  घर आकर्षक हुँदै थियो । 'कम्पाउण्ड' पर्खालको श्रङ्गार भर्खर सकियो । दोस्रो तलामा आफूलाई  छुट्याएर पहिलो तलामा भाडामा लगाउने सोच वनाउँदै थिए उनीहरू । तेस्रो तलाको दुई कोठालाई बैठक कोठाझैँ सिँगारेका थिए । आँगनमा गाडी पार्किङ समेत बनिसकेको थियो जसको छानोमुनि रातो 'टोयटा' गाडी बिसाउँथ्यो । फूलबारीमा फूलहरु फुल्दै थिए ।  फल– फूलमा आँप र लिचिका केही बोटहरू आफूलाई जवान बनाउने तर्खरमा थिए । 'कम्पाउण्डको' पछाडि भागमा केही अम्बाका बोटहरूमा बाक्लै अम्बा फलेका थिए । बर्षायाम भएकाले झरी आफ्नै  मर्जीले बर्सिरहेको थियो ।

मिस्टर गिलानीले हतार–हतार ढोका खोले र 'कम्पाउण्ड' बाहिर रोकेको गाडी छेउ पुगे । मिसेज पनि झोला लिएर पछि- पछि थिइन । मुसुक्क मुस्कुराएर मिस्टरले मिसेज गिलानीको निधारमा म्वाँइ (चुम्बन) खाए र श्रीमतीसँग विदा भइ अफिस तर्फ लागे । श्रीमानलाई विदा गरेर मिसेज फुरुङ  हुँदै घरभित्र पसिन् । श्रीमानको स्पर्शबाट प्राप्त निधारको चिसोपन उनले निकैबेरसम्म पनि  महसुस गरिरहिन । भान्सामा भाँडाकुडा यत्रतत्र थिए ।

मिस्टर गिलानीले हतार–हतार ढोका खोले र 'कम्पाउण्ड' बाहिर रोकेको गाडी छेउ पुगे । मिसेज पनि झोला लिएर पछि- पछि थिइन । मुसुक्क मुस्कुराएर मिस्टरले मिसेज गिलानीको निधारमा म्वाँइ (चुम्बन) खाए र श्रीमतीसँग विदा भइ अफिस तर्फ लागे ।

सफा गर्न थलिन, छरपस्ट भाँडाकुडा मिलाएर कपडा धुने योजना बनाइन । सर्फमा कपडा भिजाइन र बैठक कोठा मिलाउन  थालिन ।  कोठामा 'बेड'लाई चिटिक्क पारिन् । यो सबै मिसेजका लागि नियमित घरधन्दा थिए । उनीलाइ  समय कटाउन निकै कठिन हुन्थ्यो। समय दौडिएला भन्दा चार बज्न हम्मे पथ्र्याे । तर घरका यस्तै काम गर्दा गर्दै तीन वजेपछि श्रीमानको बाटो हेर्नु र फोनको घण्टी दिइहाल्नु सधैको दिनचर्या भैसकेको थियो । चार बजेपश्चात् रातो 'टोयटा' गाडीको आवाज आएपछि उनी फेरि फुरुङ हुन्थिन् । दर्गुदै गेट खोल्न पुग्थिन् । कामबाट थाकेर आएका मिस्टर गिलानी गाडीबाट झोला मिसेजलाई दिँदै घर छिर्थे । घरमा अनौठो उज्यालो छाउँथ्यो । दिनभरको एकान्त र शुन्यता सबै भंग हुन्थ्यो । यी दुवैको दैनिकी लगभग यसरी नै चल्दै थियो ।

शृङ्गार पटार सकिएपछि घर टिलिक्कै टल्कियो । घरसम्म आइपुग्ने नगरपालिकाको बाटो पनि 'पिच' भयो । खाली समय विताउन गाह्रो भएपछि मिसेजको आग्रहमा माथिल्लो तलाको कोठामा श्रृङगार पसल खोल्ने निधो गरे उनीहरूले । सर-समान, तयारी पुरा भएपछि पसल पनि खुल्यो । नयाँ घरमा । वाहिर सानो 'वोर्ड' पनि राखे । 'गिलानी ...' नामको । अक्कल झुक्कल ग्राहक पाए पछि मिसेज गिलानीको दिनचर्या केही  सहज बन्न थाल्यो । प्राय ग्राहकहरू महिला नै हुन्थे ।  पुरुषहरू अहिलेसम कोही आएका थिएनन । मिसेजको दिनचर्याबारे मिस्टर गिलानीले घर आइपुग्दै सोध्यो–‘आज कस्तो रह्यो तिम्रो व्यापार ।’ व्यापार भन्दा पनि साथी झैं भएको थियो श्रृङ्गार पसल मिसेजलाई । एउटी , दुइटी ... हरेक दिन मुसुक्क हाँस्दै भन्थिन मिसेजले । ‘टाइम पास राम्रै छ ...’ उनले भन्थिन्  । मिस्टरले थप्थे  ‘भनेजस्तै चल्दै छ समय ।’

यस्तै ३०–३५ वर्ष उमेरका थिए उनी । पाका पुराना झैँ लाग्ने । हाउभाउमा उमेर खाएका झैँ ।सामान्य मोटोपन, गोरो वर्ण, सिर्लिक्क तन्किएको बाँसको झैँ उचाइका । सामान्य बोलीचालीका थिए उनी ।

यस्तै यस्तैमा घरको तल्लो तलामा डेरावाल बनेर आइपुगे 'मिस्टर हाकिम' । एउटा परियोजनाका हाकिम । अविवाहित । यस्तै ३०–३५ वर्ष उमेरका थिए उनी । पाका पुराना झैँ लाग्ने । हाउभाउमा उमेर खाएका झैँ ।सामान्य मोटोपन, गोरो वर्ण, सिर्लिक्क तन्किएको बाँसको झैँ उचाइका । सामान्य बोलीचालीका थिए उनी । मिस्टर गिलानीसँग कुनै कर्मचारीको सहयोगले सम्पर्कमा पुगेका । हाकिमलाई चाहिएको, गिलानीलाई दिनुपरेको भाडाको कुरा मिल्यो । र, हाकिम त्यही घरमा बस्न थालेपछि केही चहल पहल पनि बढ्न थाल्यो । 'पार्किङ'मा अर्काे गाडी पनि थपियो ।

एकदिन हाकिमको विदाको दिन थियो । मिस्टर गिलानी अफिस हिडिसकेका थिए । मिसेज गिलानीको 'व्युटिपार्लर'बाट एक दुई महिला श्रृङ्गार गरीवरी निस्किए । हाकिम वगैँचामा कुर्सी राखेर समय विताउँदै थिए । दिउसो बाहिर निस्कने योजनामा थिए उनी ।

हाकिमको बसाई भएपछि तल्लो तला पनि घरझैं भयो । हाकिम विहान नौ वजे नै निस्कन्थे डेराबाट । साँझमा फर्कन्थे । 'प्राइभेट कम्पनी' भएकोले अलि बढि नै खटिनु पथ्र्यो उनलाई ।  तर हप्तामा सनिबारबहेक एकदिन साप्ताहिक विदा बस्ने गरेका थिए । अर्थात हप्तामा पाँचदिन उनले काम गर्नुपर्ने हुन्थ्यो । विहानको खाना डेरामा खान्थे उनी । विदामा भने दुवै समय घरमै खाना वनाउथे । साँझको वेला मिस्टर गिलानी- मिसेजको भेट हाकिमसँग अक्कल झुक्कल हुन्थ्यो । तर ती दम्पतीले भने उनको हेक्का सधै राखिनै रहेका हुन्थे । अक्सर 'कम्पाउन्डको गेट' राती लगाउने वेलामा ती हाकिम घरमा भए नभएको ख्याल राख्नु उनीहरुका लागि नियमित जस्तै थियो । हाकिम उक्त परियोजनामा नयाँ जागिरेका रुपमा पुगेका थिए । पुराना बर्खास्तगी भएपछि यिनलाई ल्याइएको थियो । उनले पनि आफ्नो जागिरमा केही देखिने गरी परिवर्तन गरिसकेका थिए । खासगरी ढिला सुस्ती, कर्मचारीको लापरबाही कम गरेर आफ्नो उपस्थिति दहे बनाउँदै थिए अफिसमा । अफिसमा उनको सक्रियता देखेर ठगहरू आंतकित थिए ।

एकदिन हाकिमको विदाको दिन थियो । मिस्टर गिलानी अफिस हिडिसकेका थिए । मिसेज गिलानीको 'व्युटिपार्लर'बाट एक दुई महिला श्रृङ्गार गरीवरी निस्किए । हाकिम वगैँचामा कुर्सी राखेर समय विताउँदै थिए । दिउसो बाहिर निस्कने योजनामा थिए उनी । काम हुँदा विदा भए हुन्थ्यो भन्नुपर्ने, विदा हुँदा समय कटाउन गाह्रो  पर्ने गथ्र्यो हाकिमलाई ।

मिसेज गिलानी माथि तलामा आफ्नै काममा व्यस्त थिइन । हाकिमको मुहारमा अनौठो खालको चाँया-पोतो पलाएको थियो ।
‘पोतो हटाउन के गर्नुपर्ला’ –'व्युटिसियन' अर्थात पार्लर खोल्नेहरूलाई ज्ञान होला भन्ने सोचेर मिजेस  गिलानीलाई सोध्न पुगे ।
मिसेजले 'फेसियल' गर्नुपर्ने वताइन ।

हाकिमको 'फेसियल' अर्थात चाँया हटाउने सफाई मिसेज गिलानीले गरिदिन थालिन । उनीसँगै मिसेजको ग्राहक संख्या पनि तीन पुग्योे ।
साँझ पर्यो । गिलानी परिवार आफ्नै दुनियामा हुन्थ्यो । मिस्टर गिलानी अफिसबाट फर्किएपछि मिसेजले पसलको बारेमा अपडेट सुनाइन ‘आज तीन जना ग्राहक भए ।’
‘हो र ?’
‘तल हाकिमको अनुहारभरी कस्तो पोतो रहेछ आज फेसियल गर्दिएँ ।’ ‘अझै दुइ तिन पटक गनुपर्छ ।’–मिसेजले मिस्टरलाई सुनाइन ।
‘गोरो छालामा पोतो नसुहाउने है ।’ –अझ थपिन ।
अरु दिनझैं सामान्य रूपमा लिदै मिस्टरले भने –
‘पुरुषको फेसियल पनि गछ्र्यौ तिमी ’ ।–
‘फेसियल पनि ... के पुरुष । के महिला ... । जसलाई चाहिन्छ उसैको ।’ – मिसेजले जवाफ दिइन ।
भोलि भयो ।

वगैँचामा फूलहरू फुल्ने र झर्ने क्रम चल्दै थियो । अम्बाका बोटमा प्रशस्तै अम्बा पाक्ने तर्खर गर्दै थिए । लगातारको झरिले केही पाकेका अम्वाहरू घर पछाडिपट्टि भुँइमा यत्रतत्र छरिएका थिए ।
अम्बा–मिस्टर गिलानीको मनपर्ने फल छ । ‘भित्र रातो गुदी भएको अम्बा त झन स्वादिलो हुन्छ ।’ सधै अम्वाको प्रसङ्ग आउदा मिस्टर गिलानी यसै भन्छिन ।
हप्ता वित्दै गए । हाकिमको अर्काे विदा आयो ।
दिन सामान्य तरिकाले नै बित्यो ।
साँझ मिसेज गिलानीले प्रसङ्ग कोट्याउँदै श्रीमान लाई सुनाइन ‘तल हाकिमलाई पनि अम्बा सा¥है मनपने रहेछ, तपाईलाई झैं  । 'आज एक थाल बटुलेर दिए । सडेर खेर जानुभन्दा खानेलाई दिए झन राम्रो ।'
मिस्टर गिलानीले ‘के सोचे कुन्नि ?’
दलिनमा हेरेर टोलाए ।
'ग्राहक आएनन् आज? अम्वा वटुलेर वस्यौ तिमी ?' प्रश्न तेर्साए । मिसजले भनिन् 'आज सुख्खा भयो ।'
भोलिपल्ट हाकिम आफ्नै तवरले दैनिकी गुर्जार्दै थिए । उता मिस्टर एण्ड मिसेजकोे पनि दैनिकी आफ्नै लयमा गुज्रिरहेको थियो । समय वित्दै गयो ।
मिसेजले दिन भरीको क्रियाकलाप मिस्टरलाई वताउने गर्थिन ।
नवताँउदा मिस्टरले नै सोध्थे ।
‘के भो आज ? कति ग्राहक भए ? के गर्यौ  ?’
स्थिति सामान्य चालिरहन्थ्यो ।

एकदिन मिस्टर गिलानी अकस्मात दिउँसो अफिसबाट घर आए । त्यो दिन हाकिमको छुट्टिको दिन थियो । गेटमा बाहिरबाट ताला लागेको थियो । घरमा कोही थिएन । मिसेज पनि घरमा नभएको पाएपछि मिस्टर गिलानी अन्यौलमा परे । तुरुन्त मिसेजलाई फोन गरे । तर फोन सम्पर्क हुन सकेन । नेटवर्कमा समस्या भएको वताइरह्यो मोबाइलले । मिस्टरले कम्पाउन्ड बाहिरै गाडि राखे र कम्पाउन्डको पछाडि भागबाट पर्खाल उफ्रेर भित्र पसे । सुनसान थियो घर । मूलढोकामा पनि ताला भुण्डिएको थियो ।

पखाईमा मिस्टर दिउसो भरि नै वसे । साँझ परेपछि हातमा झोला झुण्ड्याउदै मिसेज आइपुगिन । गाडी बाहिर रोकिएको थियो । श्रीमान् आएछन भन्ने त्यसैबाट चाल भयो उनलाई । हतार हतार गेट खोलिन । भित्र वरण्डामा मिस्टर गिलानी झोक्राएर वसेका थिए । आँखामा क्रोध थियो उनको ।

‘कहाँ गएकी ?’
‘वजार गएकी थिएँ ।’
‘आजकै दिन पारेर जानुपर्ने तिमीलाई ?’
‘आज त हाटबजार को दिन हो त ?’ त्यसैले
‘कतिखेर आउनु भो ?’
‘दिउसै !’
‘दिउसै ! फोन गर्नुभएन त ।’
‘लागेन ।’
साह्रै टाउको दुख्यो, अनि फर्केको चाडै ।
मूल ढोका खुल्यो । दुवै भित्र वसे ।
खाना खाइ वरी विस्तारामा पुगे दुवै जना । रात पलाउदै थियो ।  छिप्पिने तरखर गर्दै गरेको  अवस्थामा । मिस्टर गिलानी दलिनमा हेरेर टोलाएका थिए । मिसेज छेऊमा पल्टिरहेकी थिइन ।
हाकिम कहाँ गएछन आज ? मिस्टरले सोधे ।

‘दिउसो त यही थिए । आज पनि फेसियल गर्दिएकी थिएँ  ! फरक परेको रहेछ चाँयामा । अर्कोपल्ट गरे पुग्ला ।’ मिसेजले वताइन ।
‘वजार जाँदा बाटोसम्म सँगसँगै निस्के’ ।
“आज पनि हाकिमले खुब मिठो मानेर खाए अम्बा । प्रसङ्ग उठ्नासाथ मिसेजले विस्तार गर्न थालिन ।

हाकिम साब, अब तपाईले डेरा अर्काे वन्दोवस्त गर्नुहोला । सकेसम्म चाडै” बोलीमा सुख्खापन थियो मिस्टरको गिलानीको । केही कुरा नसुनेर गिलानी माथि तलामा सिँढी चढे । हाकिम अक्क न वक्क भए ।

ओठमुख सुकाउदै मिस्टर गिलानी बोले “घरमा तिमी एक्लै भयौ । अब गाउँबाट आमा बुवा ल्याउनु पर्यो । तिमीलाई साथी हुन्छ । तलको कोठा खाली गर्नु भन्नुपर्यो हाकिमलाई ।”
विहान सवेरै मिस्टर गिलानी विस्ताराबाट उठे । केहि नसोची वाहिर निस्किए । हतारमा पछाडिका अम्बाका बोटहरू काटे । फलेका हाँगाहरू फल सहित भूइमा एकैछिनमा सुते । त्यति नै बेला तल्लो तलामा ढोका ढकढकाए । अबेर राती आएर सुतेका हाकिमले ढोका खोले । बाहिर खम्बा झैँ उभिएका मिस्टर गिलानी थिए ।

हाकिम साब, अब तपाईले डेरा अर्काे वन्दोवस्त गर्नुहोला । सकेसम्म चाडै” बोलीमा सुख्खापन थियो मिस्टरको गिलानीको । केही कुरा नसुनेर गिलानी माथि तलामा सिँढी चढे । हाकिम अक्क न वक्क भए ।

मिसेज गिलानी पनि तीनछक परिन । श्रीमानको व्यवहार देखेर । समय धकेलिदै गयो । काटिएका हरिया अम्बाका बोटहरू अब दाउरा भैसकेका थिए । हाकिम डेरा सरिसकेका थिए ।  हाकिमलाइ घरबाट निकाल्नु , अम्बाको बोट काट्नु .... यो सब बारे मिसेज गिलानीले केही पनि बुझिनन् । अहँ कहिल्यै बुझ्न चासो पनि राखिनन् ।

डा.भण्डारी युनिभर्सल मेडिकल कलेज भैरहवामा जनरल सर्जनका रुपमा कार्यरत छन् । 

Last modified on 2017-06-11 17:44:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts