नेपालमै पहिलो पटक जेनेटिक ल्याबसहितको आईभीएफ एण्ड फर्टिलिटी सेन्टर सञ्चालनमा

डा. नूतन शर्मा नेतृत्वको टिमले सेवा प्रवाह गर्ने



Download our app to get more features

काठमाडौं, २३ असार । नेपालमै पहिलो पटक जेनेटिक ल्याबसहितको आईभीएफ एण्ड फर्टिलिटी सेन्टर सञ्चालनमा ल्याएको छ ।
 
बुधवार एका कार्यक्रमकाबीच नर्भिक इन्टरनेशनल हस्पिटलमा सेन्टरको उद्घाटन गरिएको छ ।

विभिन्न कारणले सन्तान जन्माउन नसकेका र सन्तान नभएकाहरुका लागि आधुनिक प्रविधि, उपकरणले सुसज्जित नर्भिक आईभीएफ एण्ड फर्टिलिटी सेन्टरको उद्घाटन गरिएको हो ।

वरिष्ठ स्त्री रोग तथा टेस्टट्यूब बेबी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्मा नेतृत्वको टिमले नर्भिक आईभीएफ एण्ड फर्टिलिटी सेन्टरबाट सेवा प्रवाह गर्ने भएका छन् ।

डा. शर्माका अनुसार नर्भिक अस्पतालको आईभीएफ एण्ड फर्टिलिटि सेन्टर नेपालका अस्पतालहरु मध्येकै अत्याधुनिक एवम् सुविधायुक्त रहेको छ । 

उनले विश्वमा पछिल्लो समय अभ्यासमा आएका अत्याधुनिक उपकरण तथा प्रविधिहरुको प्रयोग गरी स्तरीय सेवा दिइने बताइन् ।


उनले नेपालका ३० देखि ४० प्रतिशत दम्पत्ति सन्तानको इच्छा लिएर भारतसहित अन्य मुलुक आईभीएफका लागि जाने गरेकोमा अब त्यो बाध्यताको अन्त्य हुने पनि बताइन् ।

सेन्टरमा वंशाणुगत रोगको पहिचान गर्ने प्रि–जेनेटिक डाइग्नोसिस सेवासहितको ल्याब समेत रहँदा अब त्यसको नमूना पनि बाहिर पठाउन नपर्ने उनको भनाइ छ । नेपालमा हालसम्म कुनै पनि आइभिएफ सेन्टरमा प्रि–जेनेटिक डाइग्नोसिस सेवा उपलब्ध छैन ।

प्रि–जेनेटिक डाइग्नोसिसमार्फत स्वस्थ भू्रणको अवस्था पहिचान गरी गर्भाधारण गराउने गरिन्छ । जसका कारण भविष्यमा जन्मिने बच्चाहरुमा हुनसक्ने विभिन्न किसिमका वंशाणुगत रोगको जोखिम निराकरण गर्न सहयोग पुग्नेछ ।

डा. शर्माले विगत १५ वर्षदेखि काठमाण्डौंका विभिन्न अस्पतालसँग आवद्ध रहेर स्त्री रोग तथा बाँझोपनको समस्या रहेका सयौं बिरामीलाई सेवा दिँदै आएकी छन् ।

Last modified on 2021-07-08 09:08:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts