नेपालमा कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या ६ लाख ९० हजार नाघ्यो
काठमाडौं, २३ असार । नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ६ लाख ९० हजार नाघेको छ ।
गत २४ घन्टामा देशभर थप २ हजार ९ सय ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोरोना सम्बन्धी जानकारी दिने क्रममा गत २४ घन्टामा देशभर ११ हजार ८ सय ९८ कोरोना परीक्षण गर्दा २ हजार ९ सय ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले देशभर थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ६ लाख ९० हजार ९ सय ७४ पुगेको जानकारी दिए ।
उनका अनुसार गत २४ घन्टामा देशभर ७ हजार ८ सय ३५ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २ हजार ७७ र ४ हजार ६३ एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ सय २ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमा हालसम्म एन्टीजेन विधिबाट ६ लाख ५० हजार १ सय ६२ र एन्टीजेन विधिबाट ४० हजार ८ सय १२ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर १ हजार ३ सय ३३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या ६ लाख १४ हजार ३ सय २७ पुगेको छ । जबकी गत २४ घन्टामा थप २८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार २ सय ९१ पुगेको छ ।