लमजुङका ३३ वर्षीय कोरोना संक्रमित युवकको उपचारको क्रममा चितवनमा मृत्यु



Download our app to get more features

चितवन, १६ असार । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालमा उपचाररत् थप एकजना कोरोना भाइरस (कोभिड–१९) संक्रमित युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गण्डकी प्रदेश अन्तर्गत पर्ने लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका–९ का ३३ वर्षीय पुरूष रहेको अस्पतालले जनाएको छ । उनको बुधवार (आज) बिहान ६ः४३ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनीलाई यहि असार १३ गते अस्पताल भर्ना गरिएको थियो । उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।

अस्पतालका अनुसार उनमा श्वासप्रश्वासमा समस्यासँगै शरीरमा अक्सिजनको मात्रा कम भएको थियो । उनमा जटिल प्रकृतिको कोभिड निमोनिया देखिएको थियो । स्वाथ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै, यसअघि यहि असार १४ गते भरतपुर अस्पतालमै लमजुङका अर्का २४ वर्षीय कोरोना संक्रमित युवकको उपचारको क्रममा मृत्यु भएको थियो ।

लमजुङ जिल्लाको बेसीशहर नगरपालिका–१० का ती युवकको सोमबार बिहान ३ः२० बजे उपचारको क्रममा मृत्यु भएको थियो । 

अस्पतालका अनुसार ती युवकमा श्वासप्रश्वासमा समस्यासँगै शरीरमा अक्सिजनको मात्रा कम भएको थियो । उनमा जटिल प्रकृतिको कोभिड निमोनिया देखिएको थियो । मुटुमा समस्या रहेका उनमा ‘हेपाटाइटिस सी’ पोजेटिभ समेत रहेको थियो ।

अहिले देशभर लकडाउन खुकुलो भएपनि कोरोना संक्रमणको जोखिम भने उस्तै नै रहेको चिकित्सकहरूले बताएका छन् । उनीहरूले अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनु परेमा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग तथा साबुनपानीले हात धुने नियम राम्रोसँग पालना गर्न सबैलाई अनुरोध गरेका छन् ।

Last modified on 2021-06-30 11:04:16

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts