बुबाको सपना साकार पार्न डाक्टर बनेकी प्रधान
बुबाको सपना साकार गर्नका लागि आफू डाक्टर पेशामा आएको हुँ । बुबालाई डाक्टर बन्ने ठूलो रहर थियो तर, घरमा एक्लो सन्तान भएका कारणले हजुरबुबा आमाले उहाँलाई बाहिर पठाउन मान्नु भएन । त्यसकारण उहाँको इच्छा थियो कि छोरीलाई डाक्टर बनाउँ भनेर । साथै घरमा पनि अन्य आफन्तहरु डाक्टर पेशामा हुनु भएर पनि आफूपनि डाक्टर बन्न पाए हुन्थ्यो जस्तो लागेर यो पेशामा आएको हुँ ।
घर धुलिखेल भएपनि हजुरबुबा आमाहरु सिक्किममा बस्नुभएकाले मैले उतैबाट एसएलसी पास गरे । त्यसपछि प्लस टू पनि उतै सेन्ट जेबियर्सबाट गरे । पछि म मेडिकल पढ्नकै लागि भनेर धुलिखेल फर्के । अनि मैले काठमाडौं मेडिकल कलेजमा एडमिशन गराए । २००६ मा मैले एमबीबीएसको पढाइ पूरा गरे ।
एमबीबीएसको पढाई सकेपछि मैले २ वर्ष गाइनो विभागमा नै काम गरे । त्यसपछि मैले बी एण्ड बी मा पनि एक वर्ष गाइनो विभागमा नै काम गरे । मलाई काम गर्दा पनि सर्जरीमा काम गर्न एकदमै मन पर्थ्यो । रहर लाग्ने के, एकदमै धेरै । सर्जरीमा मन लाग्ने अनि जाँच दिँदा पनि सरहरुले एकदमै धेरै हौसला दिने अनि काम गरेको उहाँलाई मन पर्थ्यो । अनि घरमै पनि सल्लाह गर्दा सर्जरीमै गर्ने भन्ने भयो । फेरि श्रीमानपनि सर्जन भएको हुँदा सर्जरीमा नै परीक्षा दिए अनि नामपनि निस्कियो । जे होस् मलाई सर्जन बन्न रहर भएर पनि होला मैले सर्जन नै बन्ने निर्णय गरे ।
सर्जरी भनेको फेरी एकदमै माग भएको क्षेत्र पनि हो । तर, जहिले यो क्षेत्रमा काम गर्दा गाह्रो हुन्छ, तलब सुविधा समान नहुने जस्ता कुराहरु सुन्दा मनमा अलि डर त थियो । तर, म एकदमै यो विषयमा भाग्यमानी थिए । किनकी मलाई सँधै मेरा सहकर्मी र सिनियरहरुले सहयोग र साथ दिने काम गर्नुभयो । मैले मास्टर इन सर्जरीको लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा नाम निकाले । त्यसपछि फस्ट इयरमै पढ्दा गर्दै मेरो विवाह पनि भयो । तरपनि मैले पढाईलाई निरन्तरता दिए ।
मलाई कस्तो लाग्छ भने कुनैपनि क्षेत्रमा काम गर्नलाई पारिवारिक सपोर्ट र सहकर्मीहरुको साथ एकदमै आवश्यक हुन्छ । किनभने मसँगै पढ्ने कतिपय साथीहरुले विवाह र सुत्केरीपछि ६ महिना ७ महिना जति काम नै छोड्नुभयो । अनि नेपालमा मात्रै होइन की इन्डियामा पनि कतिपय महिला सर्जनहरुले काम गर्न सजिलो नभएको सुनाउने गर्नु हुन्छ । तर, मलाई भने कहिले पनि त्यस्तो अप्ठ्यारो अनुभव भएन । अर्को कुरा म आफैपनि आफ्नो कामलाई लिएर सचेत थिए । ताकि मलाई कसैले यो नभनोस् कि महिला भएकै कारणले उसले बढी फाइदा लियो वा उसलाई बढी प्रोत्साहन गरियो । म आफ्नो काममा एकदमै मिहिनेत गर्ने अनि घर र काम दुबै म्यानेज गर्न सक्थे । त्यसकारण पनि होला मैले सहजै आफूलाई यो क्षेत्रमा घुलमिल गराउन सके ।
सर्जन नै किन भनेर पनि धेरैले सोध्नुहुन्छ । मलाई के लाग्छ भने एक त काम भनेको सबैक लागि समान हो र हुनु पनि पर्छ । फेरि मेरो घरपरिवार र सिनियरहरुले हौसला दिँदा पनि र आफ्नो इच्छा पनि लागेको हुँदा म सर्जन बने । महिला सर्जन खोज्दा धेरै त छैनन् । तर, विस्तारै महिलाहरु प्नि सर्जरीमा आउँदैछन् । जुन राम्रो पक्ष हो । मैले मास्टर इन सर्जन गरिसकेपछि एमसीएच सर्जिकल ग्यास्ट्रोइन्टेरोजी गरे । त्यति बेला भनेको २०१८ सालमा एक जना मात्रै डाक्टर हुनुहुन्थ्यो । डा. पलिसा जोशी लाखे नेपालको पहिलो महिला एमसीएच ग्यास्ट्रो सर्जन हुनुहुन्छ र म चै दोस्रो हुँ । एमसीएचमा नाम निकाले पनि मैले टिचिंगमा काम गर्न थाले । र डा. जोशी मेरोलागि प्रेरणाको स्रोत हुनुहुन्छ । अहिले नेपालमा हामी दुई जना मात्रै यो सर्जन छौं । जसले पेटको, आन्द्राको, कलेजोको सबै समस्या सम्बन्धी सर्जरीहरु ग्र्छ । तर विस्तारै सर्जरी पढ्ने डाक्टरहरुको संख्या नेपालमा पनि बढ्दै गएको छ । जुन विषय खुशीको हो मरो लागि र नेपाली चिकित्सा क्षेत्रका लागि पनि । उबअजष् क्ष् बm ष्लतभचभकतभम तय mबपभ mथ mबचप ष्ल ाष्भमि या जभउबतयदष्बिष्चथ बलम ष्खिभच तचबलकउबिलत कगचनभचथ.
प्रायः महिला सर्जनहरु नहुँदा महिलाहरुले पुरुषहरुसँग चेकअप गराउन नमान्ने पनि हुन्छ । फेरी मानिसहरुको मानसिकता कस्तो पनि छ भने महिला पनि सर्जन हुन्छ र ? महिलाले पनि सर्जरी गर्न सक्छ र ? ए हुँदैन महिलाले त कहाँ सक्छ र भनेर पनि भन्ने गर्छन् ? यी सबै मानसिकतालाई अन्त्य गर्ने प्रयास स्वरुप पनि मैले सर्जरी नै रोजे ।
महिला हुँदा जहाँपनि गाह्रो नै हुन्छ भन्ने प्रस्ट छ । समय लाग्छ परिवर्तन हुन । नारी दिवसमा म सन्देश दिन चाहन्छु, नारी हुँदैमा समस्याबाट टाँढा त भाग्ने हुँदैन । पितृसतात्मक सोचलाई अन्त्य गर्नुपर्छ । महिला भन्दैमा कमजोर हुन्छ, उसले केहि गर्दैन भन्ने हुँदैन । समय लाग्छ । विस्तारै महिला सर्जनहरुको पनि संख्या बढ्दैछ । र म के भन्न चाहन्छु भने, सर्जन हुनुमा कुनै डराउनुपर्ने वा यो पेशामा आएपछि तनाव हुन्छ जस्ता कुनैपनि भ्रममा नपरे हुन्छ । यो पेशा भनेको एकदमै सम्मानजनक र राम्रो हो । त्यहि भएर महिलाहरु पनि सर्जन बन्नुपर्छ ।
अन्त्यमा नारी दिवसको सबैमा शुभकामना ।