पर्फेक्ट प्लाष्टिक सर्जन 



Download our app to get more features

सन् १९७४ मा ललितपुरमा जन्मिएका डा. जसवन शाक्य प्लाष्टिक सर्जरीको क्षेत्रमा चिनिएको नाम हो । चिकित्सा पद्धतिको नविनतम प्रयोगसहित प्लाष्टिक सर्जरीलाई आममानिसको पहुँचसम्म पुर्याउनमा डा. शाक्य तल्लिन छन्।

ललितपुरको खुमलटारस्थित अरनिको सेकेण्डरी बोर्डिङ स्कूलबाट माध्यमिक र उच्च माध्यमिक तहको अध्ययन सम्पन्न गरेका डा. शाक्यले सन् १९९९ मा रसियाको रसियन स्टेट मेडिकल विश्वविद्यालयबाट एमबीबीएस अध्ययन गरेका हुन् । उनले सोही विश्वविद्यालयबाट नै सन् २००८ मा स्नातकोत्तर तहको एमएस अध्ययन सम्पन्न गरे । त्यसबाहेक डा. शाक्यले दक्षिण कोरियाको किमयोङ विश्वविद्यालय डैंगुमा तीन महिनाको फेलोसिप पुरा गरे । उनले बैंककको महिडोल विश्वविद्यालय अन्तर्गतको सिरीराज हस्पिटलबाट सन् २०१४ मा प्लाष्टिक सर्जरीको फेलोसिप सम्पन्न गरे । 

सन् २००८ बाट नेपालमा क्रियाशिल चिकित्सक शाक्य सोही वर्षदेखि साँखुमा रहेको सुस्मा कोइराला मेमोरियल अस्पतालमा कार्यरत छन् । र उनी, सन् २००९ देखि सो अस्पतालको मेडिकल डाइरेक्टर छन् । कस्मेटिक सर्जनका रुपमा नक्सालस्थित स्वस्ती लेजर एण्ड स्किन केयर क्लिनिकमा सन् २०१४ यता कार्यरत शाक्य व्यवसायिक रुपमा मात्र नभई सामाजिक रुपमा पनि क्रियाशिल छन् । उनी मूलतः जलनसम्बन्धी विषयमा केन्द्रित छन् । नेपालमा जलनको अवस्थाका बारेमा उनका रिसर्चहरु अन्तराष्ट्रिय जर्नलहरुमा पनि प्रकाशित छन् । नेपाल जलन समाजमा रहेर उनले जलनको समस्या न्यूनिकरण गर्ने र पीडितहरुलाई उपचार र पुर्नस्थापनामा सहयोग गर्ने काम गरिरहेका छन् । त्यसबाहेक डा. शाक्य नेपाल प्लाष्टिक सर्जन संघमा पनि आवद्ध छन् । रोटरी क्लब अफ पशुपतिमा समेत आवद्ध उनले सामाजिक भूमिकाहरु निर्वाह गरिरहेका छन् । 

डा. शाक्यको श्रीमती र एक छोरा छन् । फोटोग्राफी र यात्राका सौखिन डा. शाक्य मिजासिला र हक्की स्वभावका छन् । नेपालमा प्लाष्टिक सर्जरीको थप विकास गर्ने र नेपालीको प्लाष्टिक सर्जरी नेपालमै गराउने गरी देशमा चिकित्सा पर्यटन प्रर्वद्धन गर्ने उनको उद्देश्य र सपना छ । डा. शाक्यलाई उद्देश्य प्राप्तिको शुमकामना । 

Last modified on 2019-10-24 05:55:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts