नेपालका पहिलो इन्टरभेन्सनल न्युरोलोजिस्ट: डा. समर्थ सिंह



Download our app to get more features

काठमाडौं, २० भदौं । सप्तरीमा जन्मिएका डा. समर्थ सिंह बुबा डा. रञ्जनप्रसाद सिंहबाट पे्ररित भएर चिकित्सा पेसामा आएको बताउँछन् । डा. सिंहले बाल्यावस्था काठमाडौंमा बिताएका हुन् भने बंगलादेशबाट एमबिबिएस गरेका हुन् ।

यसपछि उनले न्युरोलोजी रेजिडेन्सी तथा न्युरो क्रिटिकल केयर ट्रेनिङ फिलिपिन्सबाट गरे ।

डा. सिंहले इन्टरभेन्सनल न्युरोलोजी एन्ड स्ट्रोक फेलोसिप र एडभान्स ट्रेनिङ इन इन्टरभेन्सनल न्युरोलोजी भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालबाट गरे । डा. सिंहले अमेरिकाको ओहायो राज्यबाट एमबिए हेल्थ केयर डिग्रीसमेत प्राप्त गरेका छन् ।

उनी पढाइका क्रममा विभिन्न मुलुक बस्दा त्यहाँका संस्कृतिसँग भिज्न निकै चुनौती भएको सम्झन्छन् । साथै त्यो समयमा आएको मातृभूमिको सम्झनाले देशमै केही गरौँ भन्ने भावना बलियो बनेको उनी बताउँछन् । 

अब पनि न्युरोकै क्षेत्रमा रहेर मुलुकमा सेवा दिने उनको योजना छ । डा. सिंह दुई अन्तर्राष्ट्रिय संस्था युरोपियन स्ट्रोक अर्गनाइजेसन र वल्र्ड स्ट्रोक अर्गनाइजेसनमा समेत आबद्ध छन् । उनी नेपालकै पहिलो इन्टरभेन्सनल न्युरोलोजिस्ट हुन् । 

Last modified on 2019-09-07 08:02:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts