नर्भिक अस्पतालको अर्थोपेडिक तथा स्पाइन सर्जरी डिपार्टमेन्टको प्रमुखमा डा. अभय यादव



Download our app to get more features

काठमाडौँ, ३ जेठ । वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादवले थापाथलीस्थित नर्भिक अस्पतालमा आफ्नो विशेषज्ञ सेवा सुरु गरेका छन् । 

यसअघि लामो समयदेखि कार्यरत बयोधा अस्पताल छाडेर डा. यादवले नर्भिक अस्पतालमा सेवा सुरु गरेका हुन् । 

उनलाई नर्भिक अस्पतालले अर्थोपेडिक तथा स्पाइन सर्जरी डिपार्टमेन्टको प्रमुखमा नियुक्त गरिएको छ । 

योसँगै वरिष्ठ अर्थाेपेडिक सर्जन डा. यादवको विशेषज्ञ सेवा अब नर्भिक अस्पतालमा समेत उपलब्ध हुनेछ । 

डा. यादव देशकै चर्चित अर्थोपेडिक सर्जनमध्येका एक हुन् । 

खेल चिकित्सा, ट्रमा, जोइन्ट रिप्लेसमेन्ट, बालरोग, मेरुदण्ड, काँध, कुहिनो, खुट्टा, हात, घूँडा लगायतमा हुने समस्या तथा तिनको सर्जरीबाट गरिने उपचार विधिमा उनको विशेष दक्षता रहेको छ । 

Last modified on 2022-05-18 12:52:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts