बी एण्ड बी मा एक्युट स्ट्रोक युनिट सञ्चालनमा



Download our app to get more features

ललितपुर, ७ साउन । बी एण्ड बी अस्पतालमा एक्युट स्ट्रोक युनिट सुरु भएको छ । विश्व स्नायु दिवस २०२२ को अवसर पारेर अस्पतालमा एक्युट स्ट्रोक युनिट सुरु गरिएको हो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले युनिटको उद्घाटन गरेका हुन् ।

वल्र्ड फेडरेसन अफ न्युरोलोजीको आयोजनामा हरेक वर्ष २२ जुलाईमा विश्व स्नायु दिवस मनाइन्छ । सोहि अवसरमा बी एण्ड बी अस्पतालमा न्यूरो सम्बन्धी सेवा दिनका लागि युनिटको स्थापना गरिएको हो । 

सो अवसरमा अस्पतालका सञ्चालकद्वय डा. जगदिशलाल वैद्य र डा. अशोक बास्कोटाले हस्पिटलमा एक्युट स्ट्रोक युनिट शुरु गर्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । डा. वैद्यले स्ट्रोकका बिरामीलाई लक्षित गरे हस्पिटलको नयाँ भवनमा हेलिप्याडकोसमेत व्यवस्था गरिएको जानकारी बताए ।

हस्पिटलका सिनियर कन्सल्यान्ट न्युरो सर्जन डा.शिखर श्रेष्ठले ४ जनामध्ये १ जनालाई मस्तिष्कघात हुने गरेको विश्वव्यापी तथ्याङ्क उल्लेख गर्दै मस्तिष्कघात ५० वर्ष नाघेका व्यक्तिलाई मात्र नभई अहिले युवाहरूमा पनि देखिन थालेको बताए ।

कार्यक्रमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंह, डा. सुन्दर मणि दिक्षित लगायतको उपस्थिति रहेको थियो । 
 

Last modified on 2022-07-23 13:11:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts