ह्याम्स अस्पतालमा पहिलोपटक ७४ वर्षीय वृद्धको मुटुको “एओर्टिक भल्भ” को सफल प्रत्यारोपण



Download our app to get more features

काठमाडौं, ९ साउन । ह्याम्स अस्पतालमा एकजना वृद्धको मुटुको “एओर्टिक भल्भ” को सफल प्रत्यारोपण गरेको छ । 

७४ वर्षीय पुरुषको शल्यक्रिया नगरी खुट्टाको रगत नलीबाट क्याथेटर छिराएर मुटुको “एओर्टिक भल्भ” प्रत्यारोपण सफलतापूर्वक गरिएको अस्पतालले जनाएको छ । हाल बिरामीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । 

अस्पतालका चिकित्सक डा.ज्योतीन्द्र शर्मा, डा.यादव देव भट्ट, डा.रवि बराल, डा.मुकुन्द शर्मा, डा.मुरारी राज उप्रेती तथा डा.सुरज लामिछाने सम्मिलित टीमले डा.अमित चौरसियाको सहयोगमा सफल प्रत्यारोपण गरेको हो । 

डा.चौरसिया नेपाली भएपनि हाल भारतमा त्ब्ख्क्ष् गर्ने अब्वल चिकित्सकको रुपमा स्थापित छन् ।
 
देशमा अत्याधुनिकउपचार पद्धती भित्र्याउने लक्ष्यलिएर यस ह्याम्स अस्पतालले भविष्यमा पनि निरन्तर यस प्रकारको सेवा प्रदान गर्ने बताएको छ । यो प्रत्यारोपण देशकै दोस्रो हो भने नीजि अस्पतालमा गरिएको पहिलो हो । 

यसले भल्भका समस्या भएका बिरामीहरूलाई शल्यक्रिया बिना नै भल्भ प्रत्यारोपण गर्न सहज हुन्छ । शल्यक्रियाबिना नै भल्भ परिवर्तन गर्दा बिरामी निको हुने समय तुलानात्मक रुपमा कम हुनुका साथै शल्यक्रियाका विभिन्न जोखिम पनि कम हुन्छ ।  

प्रत्यारोपण टोलीमा चिकित्सक बाहेक बितिका अधिकारी, शान्ता सिंह ठकुरी, श्वेता कुवंर, नकुमारी पृुन, गृष्मा अर्याल, अजय यादव, अविनाश गुप्ता, शारदा बतास, महेन्द्र भट्ट, यमबहादुर कुमाल, प्रकाश तुलाधर, सिर्जना कार्की, देवी राना, जुनु श्रेष्ठ पनि रहेका थिए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts