दिसामा रगत देखियो : ठुलो आन्द्राको क्यान्सर पनि हुनसक्छ  

(भिडियो सहित)



Download our app to get more features

दिसामा रगत देखिएर चिन्तित हुनुहुन्छ ? कतै तपार्ईंले पनि यस्तो समस्यालाई लुकाएर राख्नु भएको त छैन ? यस्तो समस्या आए कस्तो रोगको लक्षण हुनसक्छ ? यसबाट बच्न के कस्तो सावधानी अपनाउने ? पेटरोग विशेषज्ञ डा.भुपेन्द्र कुमार बस्नेत यस्तो सुझाव दिन्छन् ...

हाम्रो समाजमा अझै पनि दिसामा रगत देखिनुलाई रगतमासी पर्यो भनेर हेलचेक्र्याईं गर्ने प्रवृति छ ।  यो धेरै मानिसको समस्या पनि हो । यो समस्यालाई सुरुवाती चरणमा कमै मानिसले मात्र परीक्षण गराउने गरेको पाइन्छ । धेरै गाह्रो वा क्रोनिक भएपछि मात्र उपचार गर्दा यसले विभिन्न प्रकारका जटिलता सिर्जना गर्नसक्छ । 

दिसामा रगत देखिँदा कारण अनुसार लक्षण देखिन सक्छ । तर सामान्य तथा पेट दुख्ने,पटक पटक दिसा लाग्ने,हिडडुल गर्न गाह्रो हुने प्रारम्भिक लक्षण हुनसक्छ  । 

दिसामा रगत देखिने प्रमुख कारण:

दिसामा धेरै कारणले रगत देखा पर्नसक्छ । दिसामा रगत देखिनु अन्य रोगको लक्षण समेत हुनसक्छ । 
अधिकांश मानिसको बुझाई छ की पायल्स भयो भने मात्र दिसामा रगत देखिने,मलद्धारमा मासुको डल्लो आउने गर्दछ । त्यसो हैन्, पेट भित्र,सानो आन्द्रा,ठुलो आन्द्रा लगायतका अंगमा समस्या आएर त्यहाँ रगत जम्मा भयो भने पनि दिसामा रगत देखिन्छ । 

पछिल्लो समय नेपालमा ठुलो आन्द्राको क्यान्सर (कोलोन क्यान्सर)का बिरामीको संख्या बढेको पाइन्छ । ठुलो आन्द्रामा संक्रमण हुँदा, अल्सर वा घाउ भएको कारणले पनि रगत आएको हुनसक्छ । ठुलो आन्द्राको क्यान्सर भएका बिरामीको सुरुवाती लक्षण दिसाबाट रगत आउनु पनि हो । त्यस्तै सानो आन्द्रा,ठुलो आन्द्राका नशा फुट्दा पनि दिसामा रगत देखिन्छ । वंशाणुगत गुण अस्वस्थ वातावरणको प्रभावका कारण पनि यो समस्या आउछ । 

बच्ने उपाय :

यो समस्या आउनै नदिन त्यस्तो केही पूर्व सावधानी छैन । तथापी सबैभन्दा पहिला दिसाबाट रगत के कारणले आएको हो, सो कुराको पहिचान राम्रोसँग गर्नुपर्छ । दिसाबाट रगत देखा परेपछि पायल्स भएर, मलद्धारमा घाउ भएर वा भित्री अंगमै घाउ भएको हो सो कुराको यकीन गर्न इन्डोस्कोपी, कोलोनोस्कोपी लगायतका परीक्षण गर्नु पर्छ । अनि मात्र सही कारण पत्ता लागि सो को निदान गर्दा दिसाबाट रगत देखिने समस्या समधान हुन्छ । साथै स्वस्थ खानपान, सक्रिय जीवनशैली अपनाउँदा शरीर स्वस्थ रहन सहयोग पुगी यो समस्याबाट पनि केही हदसम्म बच्न सकिन्छ ।

भिडियो हेर्नुहोस् :
 

Last modified on 2018-06-15 08:36:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts