रक्तदाता दिवसको अवसरमा वयोधा अस्पतालले रक्तदान गर्ने
काठमाडौं, २९ जेठ । वयोधा अस्पतालले विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्ने भएको छ ।
रक्तदानः जीवन दान, रक्तदानः महादान भन्ने मूल नाराका साथ मनाउन थालिएको विश्व रक्तदाता दिवसका दिन वयोधा अस्पतालको प्राङ्गणमा रक्तदान कार्यक्रम हुने अस्पतालले जनाएको छ ।
कार्यक्रम असार १ गते बिहान ९ बजेदेखि १ बजेसम्म हुने छ ।
अस्पतालले रक्तदान कार्यक्रममा सबैलाई सहभागि हुन आग्रह समेत गरेको छ ।
Last modified on 2018-06-13 16:46:44