प्यालेष्टिनी राष्ट्रपति अब्बासको हप्तामा तीन पटक स्वास्थ्य परीक्षण

काठमाडौं,७ जेठ । प्यालेष्टिनी राष्ट्रपति मोहम्मद अब्बासको आइतबारसँगै यो हप्तामा तेस्रो पटक स्वास्थ्य परीक्षण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका
उनको परीक्षणबाट स्वस्थ्य अवस्था राम्रो रहेको रिपोर्ट प्राप्त भएको प्यालेष्टिनी न्यूज एजेन्सी वाफाले अस्पतालका अधिकारीलाई उद्धृत गरी उल्लेख गरेको छ । बयासी बर्षीय नेताको गत मङ्गलबार कानको शल्यक्रिया भएको थियो । उनलाई सोही दिन अस्पतालबाट घर पठाइएको थियो । शुक्रबार र आइतबार उनले नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पु¥याइएको बताइएको छ । रासस