चीनको शून्य कोभिड रणनीतिः वुहानमा दोहोर्याएर देखियो कोरोना सङ्क्रमण
![](/image.php?src=https://www.hamrodoctor.com/uploads/news/2022/July/wuhan.jpg&w=800&h=480&static=true)
एजेन्सी, १२ साउन । चीनको वुहान सहरमा फेरि कोरोना भाइरसको नयाँ सङ्क्रमित फेला परेका छन् ।
वुहानको जियाङ्गक्सियामा चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बताइएको छ । वुहानमा फेरि कोरोना सङ्क्रमण देखिए पछि त्यहाँको प्रशासनले लकडाउन गरेको छ ।
कोरोना सङ्क्रमण देखिएका व्यक्तिहरूमा भने कोरोनाका कुनैपनि लक्षणहरू देखिएका छैनन् । झन्डै १० लाख जनसङ्ख्या रहेको जियाङ्गक्सियामा मानिसहरूलाई घरबाट बाहिर निस्कन रोक लगाइएको छ ।
चीन सरकारले कोरोनाबाट लड्नका लागि शून्य कोभिड रणनीति अपनाएको छ ।
तरपनि बेला बेला चीनको विभिन्न सहरमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइरहेको छ ।
सबैभन्दा पहिले सन् २०१९ को डिसेम्बर ३१ म पहिलोपटक कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।
१ करोड २० लाख जनसङ्ख्या रहेको वुहानमा नियमित कोरोना परीक्षण गर्ने क्रम निरन्तर भइरहेको छ ।