मङ्किपक्सविरुद्ध BAVA.CO नामक खोपलाई आपतकालीन प्रयोगका लागि अमेरिकाले दियो अनुमति



Download our app to get more features

एजेन्सी, २५ साउन । अमेरिकाको औषधि सम्बन्धी नियामक निकायले मङ्किपक्स भाइरसविरुद्ध प्रयोग हुने बवेरियन नार्डिकको बीएभीए डट को (BAVA.CO) नामक खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले उक्त खोपलाई मङ्किपक्स भाइरसविरुद्ध आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो ।

एफडीएका अनुसार यो खोप १८ वर्ष र त्योभन्दा माथिको उमेर समूहलाई लगाउन सकिनेछ । 

अमेरिकाको ह्वाइट हाउसको मङ्किपक्स रेसपोन्स संयोजक बब फेन्टनले अनुमानको आधारमा हाललाई २० लाख खोपको मात्रा उपलब्ध गराइएको बताउनुभयो ।

उहाँका अनुसार जो बिरामी १८ वर्षभन्दा मुनिका छन् र उनीहरू मङ्किपक्स भाइरसबाट ग्रसित छन् भने त्यस अवस्थामा सव क्युटेनियस इन्जेक्शनको माध्यमबाट खोप लगाउन सकिनेछ । 

विश्व स्वास्थ्य सङ्गठनले गत महिना जुलाई २३ मा मङ्किपक्स भाइरसको बढ्दो सङ्क्रमणलाई ध्यानमा राख्दै विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।

हालसम्म विश्वका ० भन्दा बढी मुलुकमा मङ्किपक्स भाइरसको सङ्क्रमण फैलिसकेको छ भने २ हजारभन्दा बढी सङ्क्रमित भइसकेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts