दक्षिण कोरियामा थुनामा रहेकी पूर्व राष्ट्रपति अस्पताल भर्ना



Download our app to get more features

सोल, २६ वैशाख ।  दक्षिण कोरियामा थुनामा रहेकी पूर्व राष्ट्रपति उपचारको क्रममा अस्पताल भर्ना भएकी छिन् । 

सोलस्थित एक अस्पतालमा पूर्व राष्ट्रपति पार्क गेउन हाई भर्ना हुनु भएको  अस्पतालका प्रवक्ताले बुधबार जानकारी दिएका छन् ।  पूर्व राष्ट्रपति पार्कलाई भष्ट्राचारको मुद्दामा गत महिना २४ वर्षको जेल सजाय सुनाइएको थियो । 
कारागारका अधिकारीहरूको साथमा पार्क नागरिक अस्पताल सेट म्यारी पुगेकी थिइन् । प्रवक्ताले विस्तृत विवरण दिन अस्वीकार गरेका थिए । 

तर योन्हाप समाचार समितिले भने पार्क उनको पूरानो शारीरिक समस्या ढाड दुखाईको कारण अस्पताल भर्ना भएको बताएको छ । उनी  दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति उनी भएकी थिइन् ।   पार्कले संवेदनशील थुप्रै कागजपत्र चुहाएर कानूनको उल्लंघन गरेको र राज्यको स्रोत तथा शक्तिको दुरूपयोग गरेको अदालतले ठहर गरेको छ । –रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts