नेपालमा रहँदा मोदीको स्वास्थ्यको जिम्मा मेडिसिटीलाई



Download our app to get more features

काठमाडौं,२५ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यहि वैशाख २८ गेदेखि हुने नेपाल भ्रमण अवधिभर भ्रमण स्थलहरु काठमाडौं, जनकपूर तथा मुक्तिनाथ क्षेत्रमा छुट्टा छुट्टै रुपमा स्वास्थ्य सेवाको प्रबन्ध मिलाउनका  लागि मेडिसिटी अस्पतालका नाममा पत्र काटेको छ ।

मन्त्रालयको सचिवस्तरीय हालै सम्पन्न बैठकले  यसविषयमा मेडिसिटीलाई पत्र पठाउने निर्णय गरेको थियो ।भ्रमण अवधिभर कुनै प्रकारको आपतकालिन स्वास्थ्य सेवा प्रदान गर्नुपर्दाको अवस्थामा मापदण्ड बमोजिमको आइसीयू तयारी अवस्थामा राख्न तथा असपताल मातहतको एम्बुलेन्सलाई आवश्यक औषधि सहित तयारी अवस्थामा राख्न आग्रह गरिएको छ । 

यसैगरी अस्थाइ आइ सीयू भ्रमण स्थलहरुमा स्थापना गर्न र दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मी सहितको टाोली स्थलगत रुपमा खटाइ सोको विवरण संकलन गर्न पनि मन्त्रालयले पत्रमार्फत भनेको छ । 
 

Last modified on 2018-05-18 11:35:59

1 Comments

  1. It's big achievement and big responsibility for Medicity. Congratulations to all the Doctors & Medicity staff.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts