नेपाल क्यान्सरमा स्तन जोगाएरै गरिने क्यान्सर शल्यक्रिया बारे कार्यशाला सम्पन्न



Download our app to get more features

ललितपुर । ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर  हस्पिटल एण्ड रिसर्च सेन्टरले नेपालमै पहिलोपटक 'मास्टर क्लास इन एण्डभान्स  ब्रेस्ट अंकोप्लाष्टिक टेक्निक' कार्यक्रमको आयोजना गरेको छ ।

स्तन क्यान्सरको उपचारमा विकास भएका नयाँ आयामका बारेमा प्रशिक्षण तथा अनुभव साटासाट गर्न बेलायतको सेन्ट जर्ज युनिभर्सिटी हस्पिटलका डा. दिब्येश बेनर्जी कार्यक्रममा उपस्थित थिए । कार्यक्रममा मूख्यतः कसरी स्तनलाई जोगाएर वा पुनः उस्तै देखिने गरि क्यान्सरको शल्यक्रिया गर्ने भन्नेमा डा. बेनर्जीले पछिल्ला अभ्याँसबारे जानकारी गराएका थिए । 

नेपालमा स्तन क्यान्सर भन्ने बित्तिकै पुरै स्तन नै काट्नुपर्ने गलत धारणा रहेको भन्दै यसलाई चिर्न नेपाल क्यान्सर अस्पतालले स्तनको पुरानै स्वरुपलाई यथावत राखेर शल्यक्रिया गर्ने अस्पतालका अध्यक्ष एवं वरिष्ठ क्यान्सर विशेषज्ञ डा. सुदिप श्रेष्ठले जानकारी दिए । जनरल सर्जन बेनर्जीले बेलायतमा रहेको स्तन क्यान्सरको शल्यक्रिया गर्ने विधि नेपालमा उपलब्ध हुनसक्ने बताए । कार्यक्रममा नेपाल क्यान्सर  हस्पिटलका डाक्टर प्रफुल्ल शाक्यले  यस्ता प्रशिक्षणमूलक कार्यक्रमले नेपाली चिकित्सकको ज्ञानमा अभिवृद्धि भएको बताए । 

Last modified on 2018-05-18 11:37:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts