क्षयरोग रोक्न नयाँ भ्याक्सिन बन्दै
एजेन्सी,१० फागुन । क्षयरोग पूर्णतया निर्मुल पार्नका लागि नयाँ भ्याक्सिन बनाउने तयारीमा वैज्ञानीकहरु लगेका छन् ।
अहिले भइरहेको बीसीजी भ्याक्सिन क्षयरोग रोक्नका लागि त्यति प्रभावकारी नभएको भन्दै नयाँ भ्याक्सिन बनाउनका लागि वैज्ञानिकहरु लागिपरेका हुन् । भारत लगायतका अन्य देशहरु नयाँ भ्याक्सिनका बारेमा काम गरिरहेका छन् । यहि विषयमा हिजो भारतमा आयोजना गरिएको सम्मेलनमा इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चका डीजी सौम्या विश्वनाथनले भारत क्षयरोगको नयँ भ्याक्सिन बनाउनका लागि हरसंभव कोशिस गरिरहेको बताए ।
भारत विश्वभरमै धेरै क्षयरोग लाग्ने मध्येको एक देशमा पर्ने गर्दछ । भारतमा प्रतयेक वर्ष २८ लाख नयाँ क्षयरोगी थपिने गर्दछन् । जसमध्ये ५ लाख क्षयरोगीको त मृत्यु नै हुने गर्दछ । भारत सरकारले सन २०२५सम्म देशबाट क्षयरोगलाई पूर्णरुपमा खत्तम गर्ने लक्ष्य राखेको छ । यसैक्रममा यसवर्षको नयाँ बजेटमा क्षयरोगीलाई ५०० रुपैयाँको पोषक भोजनको लागि भत्ता दिने निर्णय पनि गरेको छ । (नवभारत टाइम्सबाट)