मालावीमा हैजाबाट ६ को मृत्यु भएपछि युनिसेफको चासो



Download our app to get more features

लिलोङवे मालावी, १ फागुन ।  दक्षिण अमेरिकी देश मालावीमा फैलिएको हैजाका कारण ६ जनाको मृत्यु भएको छ । 

गत नोभेम्बरदेखि शुरु भएको हैजाका कारण अरु ४३४ जना प्रभावित भएका अधिकारीले आइतबार जानकारी दिएका छन् । हैजाको प्रभाव कारोङगा जिल्लाको सिमानामा सबै भन्दा पहिला देखिएको थियो । 

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले देशमा फैलिएको हैजाको विषयमा चासो व्यक्त गरेको छ । उसले तत्काल हैजा नियन्त्रणका लागि विषेश पहल गर्न अधिकारीहरुलाई आग्रह पनि गरेको समाचारमा जनाइएको छ । 

मालवीका लागि युनिसेफका प्रतिनिधि जेहनेस वेडेनिङले सफा र उपभोग गर्न योग्य पानीको व्यवस्था गर्ने तर्फ ध्यान दिन आग्रह गर्नुभएको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts