श्वासनलीमा समस्या आएपछि बेलायतका मन्त्रीद्वारा राजीनामा



Download our app to get more features

लण्डन, २६ पुस (रासस÷एएफपी) : बेलायतको उत्तरी आयरल्याण्ड मन्त्री जेम्स ब्रोकेन्साएरले राजीनामा दिएका छन् ।  

स्वास्थ्यमा समस्या देखाउँदै उनले सोमबार राजीनामा दिएको अधिकारीहरुले जानकारी दिएका छन् । 

प्रधानमन्त्री टेरिजा मेलाई ब्रोकेन्साएरले बुझाएको राजीनामा पत्रमा आफ्नो शल्यक्रिया गर्नु पर्ने भएकाले राजीनामा दिएको उल्लेख गरेका छन् । 
“मेरो दाहिने श्वासनलीमा सानो चोट देखिएको छ, त्यसलाई तत्काल उपचार गर्नु पर्ने भएको छ, त्यसैले अहिले मेरो प्राथमिकता मेरो स्वास्थ्य र मेरो परिवार नै भएको छ,” उनले राजीनामा पत्रमा लेखेका छन् ।
प्रधानमन्त्री मेले मन्त्रीपरिषद्का सदस्यहरु हेरफेर गरेकै दिन मन्त्री ब्रोकेन्साएरले स्वास्थ्यको समस्या देखाउदै राजीनामा दिएका हुन् ।

उनले मन्त्री परिषद्का धेरै जनालाई हेरफेर गर्ने अनुमान भइरहेका बेला सोमबार आफ्नो कन्जरभेटीभ पार्टीका अध्यक्षलाई नै हटाएका थिए । 
जुनमा भएको आम निर्वाचनमा पार्टीको कमजोर अवस्था देखिएकाले अध्यक्ष ब्रान्डोन लेविसलाई प्रधानमन्त्री मेले मन्त्रीबाट हटाएका हुन् ।

लेविसको सट्टामा पाट्रीक म्याकलौघलिनलाई जिम्मेवारी दिइएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले जनाएका छन् । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts