शारीरिक अपाङगता भएकी इरानी महिलाको प्रश्न– हामीमा यौन इच्छा हुदैन र ?

कसैले मायाको अनुभूूति गर्दिन भन्छ भने त्यो बुख्याँचा जस्तै हो



Download our app to get more features


बीबीसी,२४मंसीर । ईरानमा करीब एक करोड मानिस कुनै न कुनै शारीरिक रुपमा अशक्त रहेका छन् ।

रुढिवादी देशका रुपमा चिनिने ईरानमा सेक्स जस्तो विषयमा खुलेर कुरा गर्न पाइदैन् । त्यसमाथि शारीरिक अपाङगहरुले त झन यौनका बारेमा सोच्न पनि सक्दैनन् । उत्तरी ईरानको एक गाउँमा बस्ने ४१ वर्षिय शारीरिक अपाङगता भएकी मितरा फराजदाह आफ्नो अनुभव र निराशाका बारेमा बीबीसीसँग केही बताएकी छिन् । 

उनि भन्छिन्– म एउटी महिला हुँ । म एक यस्ती महिला हुँ जो ७५ प्रतिशत शारीरिक अशक्तताबाट ग्रसित छु । मैले मायाको अनुभूति गरेकी छु । उनका अनुसार कोही कसैले मायाको अनुभूूति गर्दिन भन्छ भने त्यो खेतमा राखिएको बुख्याँचा जस्तै हो ।

मितरा अगाडी भन्छिन्–मैलै ११ वर्षमै मायाको मिठो अनुभूति गरेकी छु । मेरो छिमेकीको छोरासँग मेरो मनमनै माया बसेको थियो भलै त्यतिबेला मैले यसको खास अर्थमा भावना बुझेकी थिइन् । मितराका अनुसार उनले १४ वर्षसम्म उहि व्यक्तिसँग प्रेम गरिन् र त्यो वास्तविकतालाई आफैभित्र दबाएर राखिन् ।

१४ वर्षपछि आफ्नो प्रेमका बारेमा उक्त व्यक्ति र परिवारलाई भन्ने हिम्मत गरिन् । ति व्यक्तिले मितराको प्रेमको प्रसंसा गरेपनि परिवारको मनमा माया पलाएन । उनि भन्छिन् । उक्त व्यक्तिलाई मैलै ३० वर्षसम्म प्रेम गरे भलै उससँग सँगै बस्ने,सँगै साथ बिताउने सौभाग्य एक दिन पनि मिलेन ।

उनि भन्छिन्–शारीरिक अपाङगता बिर्सिने हो भने सत्य यहि हो की म एउटा महिला हुँ र मलाई अन्य साधारण महिलालाई जस्तै सबै चिजको जरुरी पर्दछ नै । मितराको गहिलो इच्चा छ की उनलाई उनको प्रेमीले अंगालोमा बेरोस्, मायाले केश सुमसुमाओस् ।

उनी भन्छिन्–मेरो समाजमा म जस्तै अपाङगता भएका महिलाहरु प्रेम गर्न लायक नै हुदैनन् भन्ने मानिसहरु प्रशस्तै छन् यस कुराले मलाई अति नै पीडा हुन्छ । उनका अनुसार उनले जस्लाई प्रेम गर्छिन् उस्को साथमा बस्नका लागि उनकै पिताले अनुमति दिदैनन् ।

उनी भन्छिन्–म जस्तै अपाङगता भएका कति महिलाहरु आफ्नो यौनइच्छालाई दबाउन बाध्य छन् । उनका अनुसार आफूहरु जस्ताले पनि समाजमा पूरा हकका साथ बाँच्न पाउनुपर्छ । र अपाङगताको प्रवाह नगरी यौन इच्छा पूरा गर्न र प्रेम गर्न पाउनपर्छ । मितराले आफ्नो जिवन निर्वाहका लागि पेन्टिङ बनाएर बेच्ने गरेकी छिन् ।

Last modified on 2017-12-14 12:07:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts