ऐन्जाइटी डिसअर्डर अर्थात आफैभित्रको अध्याँरोमा हराउँदै जानु

के तपाईलाई मानिसहरुसँग मिलजुल गर्न, भेटघाट गर्न डर लाग्छ ?



Download our app to get more features

बीबीसी, २४ मंसीर । के तपाईलाई मानिसहरुसँग मिलजुल गर्न, भेटघाट गर्न डर लाग्छ ?

कोठामा बसिरहेका बेला कोही आएर पिट्ला वा हमला गर्ला भन्ने लागिरहन्छ ? एक अन्जान डरले तपाईलाई हर समय सताइरहेको छ ? यसो हो भने तपाईलाई ऐन्जाइटी डिसअर्डर भएको पनि हुन सक्दछ ।

 ब्रिटेनी निकोल मोरफील्ड मेकअप आटिस्ट हुन् र उनी ऐन्जाइटी डिसअर्डर रोगबाट पीडीत छन् । उनले फेसबुकमा यसैसम्बन्धी पोष्ट गरेका छन् । उनी भन्छन्–यो रोगबाट पीडीत हुनु भनेको अध्यारोमा हराउँदै जानु हो । उनी कुनै रात ३ बजे अचानक डर जाग्दछ र केही समाधान हुन्छ की भनेर  तत्काल आफ्नी बहिनीलाई फोन गर्ने गर्दछन् । ३ वर्षसम्म सिविलको तयारी गरेर शिक्षण पेशा अपनाएका अभिषेक भन्छन्–तयारीको पहिलो वर्ष यति धेरै हैरानी भएको थिएन् । तर विस्तारुै तनाव बढ्दै गयो । परीक्षाको तयारी गर्दा बारम्बार तनावमा परेका अभिषेकले २ पटकसम्म आत्महत्याको बारेमा सोचेका थिए । उनी सोध्छन् कि –यो सबै हेल्थ प्रोब्लम्स थियो त ? 

यस्तै कहानी अर्का एक भारतिय व्यक्ति (नाम परिवर्तित) विशालको पनि छ । बिशाल भन्छन्–स्नातक सकेपछि मैलै सिविलको तयारी शुरु गरे । ग्रेजुएशनको समयबाट नै मेरी गर्लफ्रेण्ड थिइन । उनी डिजाइनर कोर्ष गरिहेकी थिईन् । विशाल अगाडी भन्छन्–म प्रतापगढबाट दिल्ली आएको थिए । मेरी गर्लफ्रेण्ड भने प्रतापगढमा नै रहिन् । उनको क्लास बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म हुने गर्दथ्यो । मेरो र उनको काम गराईको टाइमिङ एकदमै फरक परिरहेको थियो । म रातभर पढ्थे भने दिनभर सुत्दथे । यसैकारण हामीबीच कुराकानी कम हुन लाग्यो झगडा बढ्न थाल्यो । यसपछि म यति तनावमा रहन थाले की मैलै कति हप्तासम्म त पढाईलाइ पूरै छोडिदिए । मनको एक कुनमा डरले बास गर्न थाल्यो यदि म सिविलमा सेलेक्ट भइन भने के होला भनेर । कतिदिनसम्म त मैले नुहाइन पनि दिनभर मोबाइलमा के के हेर्दैै पढेर बस्ने गर्दथे । उनका अनुसार अब उनलाई आफैमाथि बोर लाग्न थालेको थियो । घरपरिवारसँग पनि उनले पुर्णरुपमा सम्पर्क बन्द गरेका थिए । यो बीचमा उनले आफ्नी केटी साथीसँग ब्रेकअप गरे । त्यसपछि अहिले पनि उनले आफ्नो सिविलको तयारी गरिरहेका छन् । अब पुरानी मेरी केटी साथी एक साथी मात्र बनेकी छिन्, उनी भन्छन्–अब हामी हाय हल्लोमा मात्र सिमित रहेका छौं । 

कतिपटक एक्लोपना महसुस हुन्छ । लाग्छ म डिप्रेशनमा गइरहेको छु । उनी राम्रो मनोचिकित्सककोमा जाने सोचमा रहेका छन् । खासगरी सिविल जस्तो धेरै पढ्नुपर्ने र प्रतिस्पर्धा कडा भएको  पढाई गरिरहेका र प्रेममा परेर विक्षिप्त भएकाहरुमा आफैसँग बढी प्रतिस्पर्धा हुने भएकाले पनि ऐन्जाइटी डिसअर्डर हुने सम्भावना बढी रहने चिकित्सकहरुको भनाई छ । भारतीय साइकोलोजिष्ट प्रवीण त्रिपाठीका अनुसार ऐन्जाइटी डिसअर्डर अन्य डिसअर्डर भन्दा सामान्य डिसअर्डर हो  र यसबाट १०० जना व्यक्ति मध्ये ६ जना व्यक्ति पीडीत भइरहेका हुन्छन् । उनका अनुसार यस्तो समस्या धेरै प्रकारका हुने गर्दछन् । यसमध्ये पनि सबैभन्दा सामान्य भनेको फोयिबा हो । फोयिबा परिस्थिती वा कुनै विषयसँग जोडिएका घटनामा पनि हुनसक्दछ । यस अव्सथामा पीडीतले परिस्थिती भन्दा पनि बढी बढाई चढाई गरेर कल्पना गर्ने गर्दछ र यसको शिकार हुने गर्दछ । 
ऐन्जाइटी डिसअर्डरको उपचार गर्ने २ विधी रहेका छन् । पहिलो रहेको छ फार्मियोथेरापी अर्थात औषधिबाट उपचार र अर्को काउनसिलिङ । औषधिसँगै काउनसिलिङ दुवै गर्दा पनि नतिजा राम्रो आउने  साइकोलोजिष्ट प्रवीणको भनाई छ ।

Last modified on 2017-12-11 16:33:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts