जब घाट लादै गर्दा पोकोभित्र बच्चा चलमलायो !



Download our app to get more features

बीबीसी,१६ मंसीर । भारतको दिल्लीमा रहेको म्याक्स सुपरस्पेशलिटी अस्पतालले जुम्ल्याहा बच्चामध्ये एक जिउँदो शिशुलाई पनि मृत घोषित गर्दै परिवारजनलाई बुझाएपछि यस घटनाले निकै चर्चा पाइरहेको छ ।

परिवारका अनुसार बच्चालाई अस्पतालबाट बाहिर लैजादै गर्दा बाटोमा बच्चाले श्वास फेरिरहेको आफूहरुले थाहा पाएका थिए । यस घटनापछि दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले तत्काल जाँच गर्न निर्देशन दिएका छन् । उनले ७२ घण्टा भित्र प्राथमिक रिपोर्ट दिन र एक हप्ताभित्र सबै फाइनल रिपोर्ट दिन निर्देशन दिएको बीबीसीले लेखेको छ । अस्पतालले जारी गरेको एक बयानमा यस्तो भनिएको छ – २२ हप्तामै जन्मिएको प्रीम्च्यौर बच्चा जो हामीले परिवारलाई बुझाएका थियौं उसको शरीरमा जीवन रहेको केही संकेत थिएन  र अस्पतालले पनि यस विषयमा छानविन शुरु गरिसकेको छ । अस्पतालले घटनासँग सम्बन्धित डाक्टरलाई छुट्टिमा बस्न पठाइसकिएको र बच्चाको परिवारसँग नियमित सम्पर्क गरी हरसंभव मद्दतको लागि पहल गरिरहेको जनाएको छ ।


यस्तो थियो घटना 
उक्त बच्चाकी आमा वर्षालाई स्वास्थ्यमा समस्या आएपछि भारतको पीतमपूराको एक असपतालमा भर्ना गरिएपनि त्याहाँबाट म्याक्स अस्पतालमा रिफर गरिएको थियो । नोभेम्बर २८ तारिखको दिउँसो १२ बजे म्याक्समा भर्ना गरिएको थियो । नोभेम्बर ३० तारिखका दिन बिहान साढे ७ बजेतिर वर्षाले दुई जुम्ल्याहा बच्चा छोरा र छोरीलाई जन्म दिइन् । छोराको तौल ६५५ ग्राम तथा त्यसको १३ मिनेटपछि ५८५ ग्रामकी छोरीलाई वर्षाले  जन्माइकी थिइन् । 

बच्चाका हजुरबुबा प्रविणका अनुसार डाक्टरहरुले बच्चीको जन्मेको केही समयमा नै मृत्यु भएको र अर्को बच्चालाई भने करीब ३ महिनासम्म अस्पतालमा भेन्टिलेटरमा राख्नपर्ने बताएका थिए । तर परिवारले आर्थिक स्थितीले नभ्याउने भन्दै अर्को अस्पतालमा बच्चाको उपचार गराउने बताएका थिए । त्यसको केहीबेरमा डाक्टरहरुले अर्को बच्चाको पनि मृत्यु भएको बताए । परिवारले दुवै बच्चालाई लिएर अन्तिम संस्कारका लागि घाटतर्फ जाँदै थिए त्यति नै बेला बच्चा राखिएको प्लाष्टिकको पोकोमा केही चलमलाए जस्तो आभाष भएपछि खोलेर हेर्दा बच्चाले श्वास लिइरहेको थाहा पाएपछि घटना बाहिर आएको हो । पीतमपूरा स्थित एक अस्पतालमा उपचार भइरहेको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts