सेनेटरी प्याड प्रयोग गर्दा यस्ता कुरामा ध्यान दिनुहोस्
भारतमा ५७ दशमलब ६ प्रतिशतले मात्र सुरक्षित प्याड प्रयोग गर्दछन्

बीबीसी, १६ मंसिर । हालै मात्र विश्व सुन्दरीको ताज जितेकी भारतीय सुन्दरी मानुषी छिल्लरले भारतमा महिनावारीका बेला सरसफाईको कमी हुने समस्या निकै ठूलो रहेको बताएकी छिन् ।
शक्ति नामक एक प्रोजेक्टमा समेत काम गरिरहेकी विश्व सुन्दरी छिल्लरले मिन्सुरेन्स हाइजिनका बारेमा व्यापक जनचेतना फैलाउन जरुरी रहेको बताएकी छिन् ।नेशनल फेमिली हेल्थ सर्वे (सन् २०१५–२०१६) को रिपोर्ट अनुसार भारतको ग्रामीण भेगका ४८ दशमलब ७ प्रतिशत महिलाले मात्र सेनेटरी प्याड प्रयोग गर्ने गरेको र शहरका महिला मध्ये ७७ दशमलव ५ प्रतिशतले सेनेटरी प्याड प्रयोग गर्ने गरेका छन् ।
यसले के देखाउँछ भने भारतमा जम्मा ५७ दशमलब ६ प्रतिशतले मात्र सुरक्षित प्याड प्रयोग गर्ने गरेका छन् । तर, यो पनि प्रश्न उठ्ने गर्छ की सुरक्षाका निम्ति प्रयोग गरिने सेनेटरी प्याड आफैमा कति हाइजनिक छ । यसको प्रयोगले पूर्ण सुरक्षा दिन्छ भन्नेमा कुनै ग्यारेन्टी भने नभएको सरोकारवाला बताउँछन् ।
भारत सरकारले सुरक्षित सेनेटरी प्याड हुनका लागि सन् १९८० मा जारी गरेको मानक यस्तो छ ।
–सेनेटरी प्याड बनाउनका लागि अब्साबेट फिल्टर तथा त्यसको प्याडको बाहिरी कभरको सबै भन्दा ख्याल गर्नु पर्ने हुन्छ ।
–फिल्टर मेटिरियल सेल्युलोज पल्प, सेल्युलोज अस्तर, टिशुज वा कटनद्वारा नै निर्मित हुनुपर्ने, यसमा कुनै प्रकारका गाँठा, तथा धब्बा, धुलो लगायतका सामाग्रीको मिसावट नभएको हुनुपर्ने ।
–बाहिरी आवरण अर्थात प्याडको कभरको लागि गुणस्तरीय कपासको प्रयोग भएको हुनु पर्ने ।
दिल्ली विश्वविद्यालयकी लेडी इरबिन कलेजकी कपडा तथा परिधान विभागकी असिस्टेन्ट प्रोफेसर भावना छनानका अनुसार महिनावारीका बेला प्रयोग हुने सेनेटरी प्याड रगत सोस्नका लागि मात्र नभई त्यसको हाइजिनको प्यारामिटर पनि उत्तिकै उत्कृष्ठ हुन जरुरी छ । सेनेटरी प्याड खरिद गर्दा त्यसको पिएच लेबल हेरेर मात्र किन्न उनको सुझाब छ ।
दिल्लीको एक प्राइभेट अस्पतालमा प्राटिक्स गरिरहेकी एक गाइनोकोलोजिष्ट डाक्टर मधु गोयलको भनाईमा बजारमा बिक्ने सबै सेनेटरी प्याड पूर्ण रुपमा सुरक्षित हुँदैनन् । प्याडमा प्रयोग गरिने प्लाष्टिक कार्सिनोजेनिक हुने खतरा बजारी प्याडमा रहन्छ । जुन स्वास्थ्यको लागि घातक मानिन्छ ।
महिनावारी हुँदा अपनाउनु पर्ने सावधानीका बारेमा गाइनोकोलोजिष्ट डाक्टर मधुको सुझाव यस्ता छन् ।
–महिनावारीको १–२ दिनसम्म रगत बढी बग्ने भएकाले त्यो बेला टेलरमेड प्याड प्रयोग गर्ने र रगत कम बग्न थालेपछि कपासको प्याड प्रयोग गर्नु राम्रो हुन्छ ।
–समय समयमा प्याड चेन्ज गरिरहनु पर्छ ।
–प्याड चेन्ज गर्नु अघि हात राम्रोसँग धुनुपर्ने