विकासशील राष्ट्रहरुमा बेचिने ११ प्रतिशत औषधी शंकास्पद : बिश्व स्वास्थ संगठन
यस्ता औषधीको बजार ३० विलियन अमेरिकी डलर

एजेन्सी,१३ मंसीर । विश्व स्वास्थ्य संगठनको मंगलबार प्रकाशित दुई रिपोर्टले कम विकशित र विकासशील राष्ट्रमा बेचिने औषधी कम गुणस्तर र गलत प्रकारको हुने देखाएको छ ।
यसरी बेचिने औषधीको बजार ३० विलियन अमेरिकी डलर बराबरको रहेको पनि उक्त रिपोर्टमा उल्लेख छ । यद्यपी यो संख्यामा बढाई चढाई गरिएको हुनसक्ने बिज्ञहरुले बताएका छन् । विश्व स्वास्थ्य संगठनको शंकास्पद औषधीको निगरानी प्रणालीमा दर्ता भएका रिपोर्टको निष्कर्षको अध्ययनबाट यस्तो देखिएको हो । थर्ड वल्ड नेटवर्कले वक्तव्य जारी गर्दै संयूक्त राष्ट्र संघको निष्कर्षले आफूहरुको ध्यानकेन्द्रित भएको बताएका छन् ।
संघले सन् २०१३ देखि २०१६ सम्म उत्पादन भएका औषधीलाई कम गुणस्तरिय, शंकास्पद कम गुणस्तरिय, स्तरभन्दा कम गुणस्तरिय, फरक प्रकृतिको, चोरि गरी ल्याएको, अनुमति नपाएको औषधी जन्य उत्पादन लगायत विभिन्न समूहरुमा वर्गिकरण गरी अध्ययन गरेको थियो ।