पसिनाबाटै सुगर पत्ता लगाउने  सेन्सर



Download our app to get more features

बीबीसी,१३ मंसीर । वैज्ञानिकहरुले एक यस्तो सेन्सर मेसिन विकसित गरेका छन् जुन पसिना आइरहेको छालाको विश्लेषणबाटै व्यक्तिको रगतमा कति मात्रामा सुगर लेवल छ भन्ने पत्ता लगाउन सकिन्छ र यसका लागि थोरै पसिना पनि काफी छ ।

दक्षिण कोरियाका वैज्ञानिकहरुको एक टीमले गरेको परीक्षणमा यो सेन्सर पूरापूर सफल भएको बीबीसीले उल्लेख गरेको छ । वैज्ञानिकहरुले यो पनि दाबी गरेका छन् की आफूहरुले पत्ता लगाएको यो सेन्सरले खासगरी मधुमेहका बिरामीलाई धेरै भन्दा धेरै सहयोग पुर्याउने छ । यो सेन्सर सानो पेच र सानो सियोद्धारा बनाइएको छ । यो सेन्सरले मधुमेहको दवाई आफ से आफ भित्र पुुर्याइदिने काम गर्दछ । सोल यूनिभर्सिटीको टीमले मधुमेहका बिरामीलाई पीडादायी रगत निकाल्ने पुरानो तरिकामा राहत दिलाउन यो सेन्सर उपयोगी हुने बताइएको छ ।

सेन्सरले यस्तो मद्दत गर्दछ 
सेन्सर धेरै नै लचिलो खालको हुने गर्दछ त्यसकारण यो छालाभित्र विना ुखाई घुसाउन सजिलो हुन्छ । तर पनि वैज्ञानिकहरुको चुनौती तत्कालका लागि कम भने भएको छैन् किनभने जति सुगर लेवल मानिसको रगतमा हुने गर्दछ त्यति उस्को पसिनामा हुदैन् ।यस्तो अवस्थामा व्यक्तिमा सुगर पत्ता लगाउने काम सजिलो छैन् । यस्को साथै पसिनामा अन्य विभिन्न किशिमका क्यामिकल्स समेत हुने  गर्दछन् । पसिनामा पाईने क्यामिकल्समा लेक्टिक एसिड समेत पाइने गर्दछ जस्ले सुगरको सहि लेवलमा प्रभावित हुने सम्भावना रहन्छ ।

यो सेन्सरको पेचमा पनि तीनवटा सेन्सर फेरी राखिएको हुन्छ जस्ले रगतमा भएको सुगर लेवल पत्ता लगाउने काम गर्दछ । पसीनामा एसिडिटीको परीक्षण तथा ह्यूमडिटी सेन्सरले पसीनाको स्तर पनि पत्ता लगाउन सकिन्छ ।  यी सबैलाई पसीना निस्किने छिद्र वा अर्थात स– सना प्वालहरुमा पर्ने गरी लगाइन्छ र यसले त्याहाँ पसीना सोस्ने काम पनि गर्दछ । यस प्रक्रियामा सेन्सरले गरेका सबै सूचना कप्यूटरमा प्राप्त हुने गरी जडान गरिएको हुन्छ र सुगरको लेवल पत्ता लाग्ने गर्दछ ।
 

Last modified on 2017-12-03 08:00:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts