चीनको एक विद्यालयमा नर्सरी पढ्ने बच्चालाई ड्रग्सको सूई लगाइएको खुलासा
बच्चालाई सुताउनुभन्दा अगाडी निद्रा लाग्ने औषधी समेत खुवाउने गरेको दाबी

बीबीसी,९ मंसिर। चीनको राजधानी बेइजिङगस्थित एक प्रतिष्ठित प्राथमिक विद्यालयमा बच्चाहरुलाई सिरिन्जमार्फत ड्रग्स दिने गरेको तथ्य सार्वजनिक भएको छ ।
बीबीसीका अनुसार नर्सरीमा अध्ययन गरिरहेका स–सना बालबालिकाको पाखुरा लगायत शरीरका विभिन्न भागमा सुई गोपिएको निशान भेटिएपछि त्यसको विरोधमा मानिसहरु चर्कोरुपमा प्रदर्शनमा उत्रिएका छन् । यो संगै राजधानी बेइजिङगमा सञ्चालित अन्य प्राथमिक विद्यालयहरुलाई पनि अनुसन्धानको घेरामा ल्याईएको छ ।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त प्राथमिक विद्यालयमा बढी चकचके विद्यार्थीलाई अनुशासनमा ल्याउन लठ्ठाउने औषधी सूईमार्फत दिइएको हुनसक्ने अनुमान गरिएको छ। समाचारमा जनाइए अनुसार अज्ञात खालको ड्रग्सको सूई लगाइनेमा अहिलेसम्म ८ जना बच्चाहरुको कम्पेलेन आएको छ । बच्चाका आमा बाबुले पछिल्ला दिनमा सूई खोपेका निशान शरीरमा देखेपछि स्थानीय मिडियाका सामु बताएका थिए।
बच्चाका अभिभावकहरुले विद्यालयमा बच्चालाई सुताउनुभन्दा अगाडी निद्रा लाग्ने औषधी समेत खुवाउने गरेको बताएका छन् । कति अभिभावकले त आफ्ना कलिला बच्चाहरुलाई लुगा फुकालेर उभिन लगाई यौन शोषण गरेको समेत आरोप लगाएका छन् । गएको बिहिबार बच्चाका अभिभावकहरु विद्यालय बाहिर खडा भएर विरोध तथा प्रर्दशन गरेका थिए । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान जारी राखेको छ । तत्काल ३ शिक्षकलाई सस्पेण्ड गर्नुका साथै सीसीक्यामेरा फुटेज नियन्त्रणमा लिएर अनुसनधान भइरहेको बताइएको छ ।