क्यान्सर पीडीत पत्नीलाई भेट्न दिन सरीफको माग

भ्रष्टाचार आरोपको सुनुवाईमा अनुपस्थित रहन छुट दिन अनुमति माग



Download our app to get more features

इश्लामावाद, पाकिस्तान, ७ मङसिर (रासस÷सिन्ह्वा): किस्तानका पूर्व प्रधानमन्त्री नवाज सरीफले बेलायतको राजधानी लण्डनस्थित एक अस्पतालमा क्यान्सरको उपचार गराइरहेकी पत्नीको उपचारका लागि बेलायत जान पाउने गरी उनीमाथी लागेको भ्रष्टाचार आरोपको सुनुवाईमा अनुपस्थित रहन छुट दिन अनुमति मागेका छन् ।

शरीफ पत्नी कुलसुम क्यान्सरको समस्या देखिएपछि विगत केही समयदेखि उपचारका लागि बेलायतमा रहँदै आएकी छिन् ।शरीफका वकीलले बुधबार इश्लामावादस्थित विशेष अदालतमा भ्रष्टाचार मुद्दाको सुनुवाईमा पूर्व प्रधानमन्त्री शरीफलाई अनुपश्थित रहन दिनका लागि गरेको अनुरोधलाई न्यायाधीस मोहम्मद बसीरले सुनेका तर यसबारे कुनै निर्णय नदिएको बताइएको छ । शरीफलाई विदेश जाने अनुमति दिनका लागि गरेको आग्रहलाई नोभेम्बर २८ सम्मका लागि अदालतले स्थगित गरेको उल्लेख गरिएको छ । 

पानामेली कानूनी फर्ममार्फत चुहिएको सूचनाका आधारमा शरीफ, उनकी  छोरी र ज्वाँइलाई पदीय मर्यादा विपरित विदेशमा लगानी गरेको भनी भ्रष्टाचार आरोप लगाइएको थियो । भ्रष्टाचार आरोपपछि पाकिस्तानी एक अदालतले प्रधानमन्त्रीमा बस्न अयोग्य ठहर गरपछि पूर्वप्रधानमन्त्री शरीफ पदबाट हटेका थिए। 

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts