डेंगु ज्वरोको उपचारमा १६ लाख लिएपछि भारतको एक अस्पताल विरुद्ध भयो यस्तो हंगामा



Download our app to get more features

एजेन्सी । फोर्टिस मेमोरियल अस्पतालले चर्को शुल्क माग गरेको भनी भारतमा व्यापक आलोचना भएको छ । 

भारतमा डेंगु ज्वरोका कारण ज्यान गुमाएकी एकजना बालिकाको परिवारलाई उपचार शुल्क बापत झण्डै सोह्र लाख भारतीय रुपैयां तिर्न भनेपछि सामाजिक संजालमा व्यापक मात्रामा आक्रोश उत्पन्न भएको हो । 

अस्पतालको व्यवहारको आलोचना भैरहँदा देशका स्वास्थ्य मन्त्रीले समेत आवश्यक कार्वाही गर्ने वचन सामाजिक संजाल मार्फत व्यक्त गरेका छन्।  डेंगु ज्वरोका कारण ज्यान गुमाएकी ती सात वर्षीया बालिकाको परिवारले भनेको छ, तिनीहरुलाई दुईहप्ताको अवधिमा ६ सयभन्दा बढी सिरिंज र १६ सय जोडा पन्जा ती बालिकाको उपचारमा प्रयोग भएको भनेर शुल्क माग गरिएको छ।

आक्रोश
सो परिवारका एकजना मित्रले गत हप्ता त्यस्तो रसिदप्रति आक्रोश व्यक्त गर्दै सामाजिक संजालको वेबसाइट ट्वीटरमा सन्देश लेखेपछि त्यो संदेश दश हजार भन्दा बढी पटक रिट्वीट भएको थियो।

अस्पतालको व्यवहारको आलोचना भैरहँदा देशका स्वास्थ्य मन्त्रीले समेत आवश्यक कार्वाही गर्ने वचन सामाजिक संजाल मार्फत व्यक्त गरेका छन् । दिल्लीको उपमहानगरीय क्षेत्र गुडगांवमा अवस्थित उक्त अस्पतालले आफूहरुले माग गरेको शुल्क बमोजिमको रकमको बचाउ गरेको छ।बीस पन्ना लामो भनिएको उक्त रसिदका विवरणहरु ट्वीटरमा प्रचार भैरहेका छन्। सो अस्पतालले रगतमा चिनीको मात्रा जांच गर्ने पट्टी जस्ता कुरामा समेत अत्यधिक पैसा लिएको आरोपहरु लगाइएको छ ।

कार्वाही
फोर्टिस मेमोरिएल अस्पताल विरुद्ध इन्टरनेटको सामाजिक संजालमा आक्रोश व्यक्त हुन थालेपछि ट्वीटरमा नै संदेश लेख्दै स्वास्थ्यमन्त्री जेपी नाड्डाले आफूहरुले आवश्यक कार्वाही गर्ने बताए। तर फोर्टिस मेमोरिएले अस्पतालेले एक वक्तव्य जारी गर्दै आफूहरुले प्रचलित मापदण्डको पालना गरेको र आइसीयुमा भेन्टीलेटरमा राखिने बिरामीहरुका लागि विश्वव्यापी प्रचलन अनुसार नै संक्रमण रोक्न धेरै संख्यामा चिकित्सा सामग्रीहरुको प्रयोग हुने दावी गरेको छ।

आद्या सिंह नाम गरेकी ती बालिकाको गत सेप्टेम्बर महिनामा मृत्यु भएको थियो। उनलाई अगस्ट महिनामा डेंगु ज्वरो आएको र उनको अवस्था खस्कन थालेपछि महिनाको अन्त्यतिर उनलाई फोर्टिस मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो ।

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts