नौ बर्षदेखि कोमामा रहेका भारतीय पुर्वमन्त्रीको निधन



Download our app to get more features

नयाँदिल्ली, ५ मङसिर (रासस÷सिन्ह्वा) : विगत नौ बर्षदेखि कोमामा रहेका  भारतका पुर्व सूचना मन्त्री प्रिय रन्जन दस्मुन्सीको निधन भएको छ । 

सन् २००८ देखि कोमामा रहनु भएका दस्मुन्सीको ७२ बर्षको उमेरमा नयाँदिल्ली स्थित उपचार भइरहेको अस्पतालमै निधन भएको हो । “उनको  स्थानीय समय अनुसार दिउँसो १२ः१० मा निधन भएको छ, विगत एक महिना देखि उहाँको गंभीर अवस्थामा उपचार भईरहेको थियो, दुर्भाग्यबस आज उहाँको उपचार सफल हुनसकेन,” एपोलो अस्पतालले सोमबार जारी गरेको वक्तव्यमा भनिएको छ । 

भारतको पश्चिम बंगाल राज्यमा प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेस पार्टीको सवै भन्दा उच्च नेताका रुपमा उनी परिचित थिए ।  काँग्रेस नेतृत्वको एकिकृत प्रगतिशिल गठबन्धनको सरकारमा मन्त्री भएकै बेला अकस्मात बेहोस भै ढलेपछि उनलाई पक्षघात भएको थियो ।  
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts