के आफूलाई पूरै सुगर फ्री बनाउनु उचित छ ?

बीबीसी, २२ कात्तिक । हामीले लगातार सुन्दै आएका छौं की चिनी शरीरका लागि धेरै बेफाइदाजनक छ ।
हाम्रो दैनिक जीवनमा चिनीको मात्रा निकै कम गर्नुपर्छ भन्ने पनि हामीले सुनेकै देखेकै छौं । चिनी खानाले मानिस मोटाउने र टाइप टु डाइबिटिज हुने आशंका धेरैमा हुने गर्दछ । बीबीसीमा कार्यरत राधिकाले यिनै कुराको प्रभावमा आएर २ महिना भन्दा बढी समय कुनै प्रकारका गुलिया चिज खान पूरै बन्द गरिदिइन् । त्यसपछि के के भयो त उनकै भाषामा ........
मैलै एक महिनादेखि चिनी चाखेकै थिइन् र मलाई एकदम नमिठो अनुभव भइरहेको थियो । यसभन्दा पहिला हरेक दिन मैले एक चोटी चिनी तथा गुलिया चिज खाने गर्दथे तर अब मेरो जिन्दगी पूर्ण रुपले सुगर फ्रि भएको थियो । म एक चिजलाई जोडले कराएर नाम लिन चाहान्छु त्यो हो चकलेट । मलाई लाग्छ की म त्यो मानिस हुँ जस्को दैनिक खान्कीमा १५ चम्चा चिनीको मात्रा हुने गर्दथ्यो
विश्व स्वास्थ्य संगठनका अनुसार एक मानिसले एक दिनमा मात्र ६ चम्चा चिनी खानु उचित हुन्छ ।
विभिन्न आँकडा पढिसकेपछि मैले आफ्नो स्वास्थ्यलाई ध्यानमा राख्दै इन्टरनेटमा रिसर्च गर्न लागे । इन्टरनेटमा मैले विभिन्न हस्तीहरु, जानकारहरु तथा पोषण्विद्हरुको भनाई तथा भिडियो भेटे जस्ले चिनी पटक्कै नखान सुझाव दिइरहेका थिए । हलिवुडका स्टार ग्विनेथ प्ल्ट्रो, सारा विल्सन जस्ता लेखिकाहरु तथा आम नागरीकहरुले आफ्नो इस्टाग्राम अकाण्टमा चिनी छोड्ने स्टाटस अपलोड गरिरहेको मैलै पाउँथे ।
ती स्टाटस र भनाईले चिनीको मात्र कम गर्न नभनी चिनीलाई पूरै जीन्दगीबाट निकाल्न प्रेरित गरिरहेका हुन्थे । चिनी विल्कुल नखाएका शुरुका १५ दिनमा मलाई टाउँको दुख्न शुरुभयो, ह्याङग ओभर भएजस्तो महसुस हुने, चिटद्धिटापन बढ्ने तथा मानिसहरुसँग ठूलो स्वरले कराउने जस्ता लक्षण ममा देखिन थाल्यो । त्यो बेला मात्र एक चिजले मेरो दिमाग र मन शान्त गर्न सक्थ्यो त्यो थियो केराको गुलियो स्वाद ।
तीन हप्तापछि मेरो टाउँको दुख्ने समस्या भने हराएर गयो । मलाई हाफू सामान्य रहेको आभाष हुन थाल्यो । त्यो बेला कुनै केक वा मिठाई देख्दा खान मनलाग्थ्यो तर अर्को मनले मलाई राक्थ्यो । पहिला खानेकुराले मलाई केही तनाव दिदैन्थ्यो । बस् जे भेट्यो जे मन लाग्यो म सब मज्जाले खाइदिन्थे तर अब मलाई कुनै चिज खानु अघि खाउ की नखाउ भन्ने पिरले धेरै पिरोल्ने गर्दछ ।मलाई कसैको जन्मदिनमा अब आनन्द आउन पनि छोड्यो किनीकी म त्याहाँ पानीको चुस्की लाउँदै बस्ने गर्दथे भने अरु मज्जाले वाइन वा रक्सी खाइरहेका हुन्थे । दुई महिनापछि मेरा साथी तथा सहकर्मीहरु एउटा कुरामा सहमत भए की म मेरो सनकी पारामा धेरैे अगाडी गइसके । त्यसपछि म एक विशेषज्ञकोमा गए ।
डाक्टर हिशम जियाउद्दिन युनिभसीर्टी अफ क्याम्ब्रिजमा शोधकर्ताको रुपमा कार्यरत रहेका छन् । उनले मैलै अपनाइरहेको जीवनशैलीलाई बुझ्नै सकेनन् उनी आफैं अचम्ममा परे की मैले किन आफेले आफैलाई दुख दिइरहेकी छु भनेर । त्यसपछि एउटा कुरा मेरो दिमागमा मज्जाले घुस्यो मैलै जे गरिरहेकी छु यो आफैमा वैज्ञानिक छैन् र इन्टरनेटमा चिनी खान हुदैन् भनेर जो–जतिले वकालत गरिरहेका छन् त्यो कुनै पनि एङगलले वैज्ञानिक छैन् ।
इन्टरनेटमा विभिन्न हस्तीहरुले दिने सल्लाहको प्रभावले कतिसम्म तनाव दिदोरहेछ भन्ने स्वयं मैलै भोगे । मलाई डाक्टर जियाउद्दिनले सल्लाह दिए की आफ्नो तौल कम गर्न मन छ भने चिनी विल्कुल नखाने होइन खानामा यस्को मात्रा घटाउने मात्र हो । उनले मलाई न धेरै न थोरै ठीक्क मात्रा मिलाएर सन्तुलित चिनी खान सल्लाह दिए । अहिले म त्यसै गरिरहेकी छु र आफूलाई स्वस्थ तथा फिट राख्न सफल भएकी छु ।