डरलाग्दो बन्दै मोटोपना घटाउने विधी 'लिपोसक्शन' को साइड इफेक्ट
शल्यक्रिया गराएकाहरुको श्वासप्रश्वासमा समस्या

बीबीसी, २० कात्तिक । शरीरको मोटोपना घटाउनका लागि गरिने शल्यक्रियालाई लिपोसक्शन भनिन्छ ।
पछिल्लो समयमा यो विधीलाई लिएर चिकित्सकहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । चिकित्सकहरुका अनुसार लिपोक्सक्शनका कारण कतिपय व्यक्तिमा फोक्सोको समस्या देखिन थालेपछि चिकित्सकहरु चिन्तित हुन थालेका हुन् । चिकित्सकहरुले एक ४५ वर्षिया महिला जस्ले आफ्नो शरीरको घुँडा तथा साप्राको मोटोपना घटाउन लिपोसक्शन गरेकी थिइन् अहिले उनलाई सास फेर्न कठिन भइरहेको छ । ब्रिटानी शहर बर्घिङघामका चिकित्सकहरुले बताए अनुसार शल्यक्रिया पश्चात ती महिलाको अवस्था यति नाजुक थियो कि उनी मृत्युको नजिक नै पुगेक थिइन् ।
बीएमजेले सार्वजनिक गरेको रिपोर्ट अनुसार ब्रिटेनमा शल्यक्रियाद्धारा मोटोपना घटाउने विधी लिपोसक्शन यति तिव्र रुपमा फैलिरहेको छ की यस्ले शल्यक्रिया गराउने हरुलाई राहात दिनुको सट्टा झन खतरनाक रोग निम्त्याइदिने गरेको छ । ती ४५ वार्षिय महिला एकदमै मोटी थिइन् र लिपोक्सक्शन गराउन भन्दा पहिला ग्याष्ट्रिक को शल्यक्रिया गराइसकेकी थिइन् । तर शल्यक्रियाको ३६ घण्टा बित्न नपाउँदै उनको अवस्था यति नाजुक भयो की उनको श्वासप्रश्वासमा निकै कठिन हुन शुरु भयो र उनलाई आइसीयूमा भर्ना गर्न पर्यो । डाक्टरहरुले तत्काल उपचार गर्न भ्याएका कारण ती महिलाको ज्यान बच्यो । लगातार ३ हप्ताको आइसीयु बसाइपछि मात्र उनलाई डिस्चार्ज गरियो ।
वास्तवमा लिपोसक्शन एउटा यस्तो मेडिकल तरिका हो जस्को मद्दतले डाक्टरहरुले शरीरको केही हिस्साबाट मोटोपना झिकिदिन सक्छन् जहाँ मासुलाई एक ठाउँबाट अर्को ठाउँमा लगेर राखिदिने काम चाँही हुदैन् ।जस्तो की हिप्स्, साप्रा, तथा पेटको मोटोपना यो विधीबाट हटाउन सकिन्छ । यो विधी छाला बाक्लो र कसिलो र तौल पनि सामान्य भएकाहरुका लागि बढि प्रभावकारी हुने डाक्टहरुको भनाई छ । यो विधीबाट घटाइएको मोटोपनाको असर लामो समयसम्म टिकीरहने भएपनि यसको साईड इफेक्ड शुरु भएपछि चिकित्सकहरुमा एक प्रकारको चिन्ता छाएको छ।