महिनावारी भएका महिलालाई ड्रिक्समा २५ प्रतिशत छूट
महिलाहरुमा यो छूट विस्वासकै आधारमा दिइने

बीबीसी,१५ कात्तिक । इजराइलमा एक बारले महिनावारी भएका महिलाहरुका लागि ड्रिक्समा २५ प्रतिशत छूट दिने निर्णय गरेको छ ।
अरु बारहरुले आफ्नो 'ह्याप्पी आवर' अर्थात खुशीको मौकामा ग्राहकलाई छूट दिने गरेतापनि उक्त बारले भने 'ब्लडी आवर' अर्थात महिलाको महिनावारीको समयमा छूट दिने निर्णय गरेको हो । यो अनौठो निर्णय त्याहाँका २ महिलाहरुले गरेका हुन् । उनीहरु भन्छन्–महिलाहरुका लागि पिरियड्सको बेला खास अवस्था हो र उनीहरुलाई एक प्रकारले खास ट्रिमेन्टको जरुरी हुन्छ । उनीहरुले आफूहरुको यो अनौठो विचार र निर्णयका बारेमा प्रष्टाउँदै भन्छन्–महिनावारीका बारेमा अझै पनि खुलेर कुरा गर्ने चलन विकास नभइसकेकोले हाम्रो यो निर्णयले यस्मा परिवर्तन ल्याउन मद्दत गरिदिने छ ।
महिनावारीका बारेमा पुरुष पनि जानकार हुन सकुन र खुलेर कुराकानी गरुन भन्ने आफूहरुको उद्देश्य रहेको उनीहरु बताउँछन् । महिलाहरुमा यो छूट विस्वासकै आधारमा दिइने छ न की आफू महिनावारी भएको कुनै प्रमाण पेश गर्न परोस् । सो बार चलाउने महिलाहरुले महिनावारीका बेलामा महिलाको हालत कस्तो हुन्छ आफूहरुलाई राम्रोसँग थाहा भएको बताउँदै महिनावारी भएका महिलाहरुको राहतका लागि आफ्नो तर्फबाट सानो सहयोग गर्न यसो गरेको बताएका छन् ।