हरेक इमोशन प्रेम हुँदैनन्, रोग हुन सक्छ

बीबीसी, १५ कात्तिक । मानिसले धेरै प्रकारका उत्तेजना महसुस गर्ने गर्छन् ।
माया, प्रेम, रिस, घृणा इत्यादी । उत्तेजनाकै कारण शरीरमा केही परिवर्तन समेत आउने गर्छ । खुशी हुँदा अनुहारमा मुस्कान तथा उज्यालोपन र दुःखी तथा रिस उठेको बेला अर्के प्रकारको भाव अनुहारमा प्रष्ट देखिन्छ । तर, कयौं पटक हामी शरीर वा अनुहारमा देखिने इमोसनका संकेतबाट धोका खाइरहेका पनि हुन्छौ । कसैको अनुहार पढेर यस्तो भएको होला भन्ने सोचिरहँदा अर्के कारण हुनसक्छ
यस्तै घटनाको अनुभव गरेकी छिन मनोवैज्ञानिक लिजा फेल्डम्यानले । एक दिन लिजा ल्याबको कामपछि थाकित भएर बसिरहेकी थिईन । एउटा साथीले डेट जाने अफर गर्यो । त्यो साथी लिजालाई त्यति मन पर्देनथ्यो । तै पनि एक पटक जाँदैमा के फरक पर्छ भन्ने सोचेर उनी डेटका लागि राजी भइन ।
उनीहरू कफी सपमा बसेर गफगाफ गरिरहेका थिए । उनलाई त्यो साथीको धेरै कुरा मन पर्न थाल्यो । उनले सोच्न थालिन यो मान्छेसँग अर्कोपटक डेट जाँदा पनि फरक पर्देन । उनको शरीरले त्यही बेला विभिन्न लक्षणहरू देखाउन थाल्यो । पेटमा एक प्रकारले अनौठो गडबडी हुन थाल्यो, टाउको भारी हुन लाग्यो जसरी कुनै कुराले उत्तेजित अवस्थामा मन तरङ्गित हुँदा अनुभव हुन्छ । घर आएपछि उनलाई चक्कर लाग्न थाल्यो, वान्ता पनि भयो । अलि अगाडीसम्म डेटमा जाँदाको इमोशनको फिल हो की भन्ने सोचिरहेकी लिजालाई अब भने लाग्न थाल्यो की कुनै भाइरलको आक्रमण हो ।
लिजा अमेरिकाको वस्टर्न यूनिर्भसिटीमा मनोविज्ञान पढाउने शिक्षिका हुन् । उनले धेरै वर्षदेखि मानिसमा देखिने उत्तेजनाबारे अनुसन्धान गरिरहेकी छिन् । यस विषयमा उनले 'हाउ इमोशन्स आर मेड' नामक किताब पनि लेखेकी छिन् । हामीले कयौं पटक यो सोच्छौं की कुनै कुरालाई मनैदेखी महसुस गरिरहेको छु । तर, हाम्रो अनुमान सधै सही सावित हुँदैन् । कुनै कुराको चिन्ता हुनु, तिव्र गतिमा रिस उठ्नु, उत्तेजना मात्र नभई मनोवैज्ञानिक बिमारीको लक्षण हुन सक्छ । लिजाले आफ्नो पुस्तकमा शरीरका हरेक संकेतलाई धेरैभन्दा धेरै बुझ्न कोशिस गर्नु र सम्झिन सक्नु नै बुद्धिमता हुन्छ भनेकी छिन् ।