१६ घण्टाको शल्यक्रियापछि टाउका जोडिएका बालक भए अलग–अलग



Download our app to get more features

बीबीसी, १० कात्तिक । मेडिकलको दुनियाँमा नयाँ चमत्कार भएको छ ।

भारतको उडिसामा टाउका जोडिरै जन्मेका साढे २ वर्षका दुई जुम्लिया बालकको सफल शल्यक्रिया भएको छ । एम्स अस्पतालका ४० जना डाक्टर सम्मेलित टिमले १६ घण्टाको निरन्तर शल्यक्रियापछि सफलतापूर्वक दुवैलाई अलग अलग बनाएका छन् । दिल्लीको अखिल भारतीय आयुविज्ञान संस्थान अर्थात एम्सले एक बयान जारी गर्दै उक्त शल्यक्रिया सफल भएको बताएको हो । बच्चाहरुको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको छ । 

अस्पतालका अनुसार यो शल्यक्रिया गत बुधबार बिहना ६ बजेबाट शुरु भएकोमा सोहि दिन साँझ ८ बजेर ४५ मिनेट जाँदा दुई बच्चाको टाउको छुट्टाछुट्टै पारिदिन डाक्टरहरु सफल भएका थिए । शल्यक्रियामा २० जना सर्जन तथा १० जना एनेस्थिसिया विशेषज्ञ सहभागी भएका थिए । शल्यक्रियामा संलग्न डाक्टर दीपक गुप्ताका अनुसार बच्चाहरुलाई एक अर्काबाट अलग गराउन धेरै चरणका शल्यक्रियाहरु गर्नुपरेको थियो । शल्यक्रियाका बेला कुनै समस्या नआएपनि लामो संघर्षपछि सफल भएको डाक्टरहरले बताएका छन् ।

अहिले दुवै बच्चाको स्वास्थ्य अवस्था ठीक रहेपनि उनीहरुलाई हर्ट अट्याक हुने सक्ने, मृगौला फेल हुन सक्ने, मेनेजाइटिस लगायतका अन्य संक्रणको जोखिम भने कायमै रहेको छ । बच्चाका पिता भुइया कंहरा तथा आमा पुष्पाञ्जली उडिसाको कन्धमाल जिल्लाका बासिन्दा हुन् । 

Last modified on 2017-10-28 07:40:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts