मात्र १० वर्षकी 'जिमाल', यसरी लागिरहेकी छिन् स्वच्छ पाकिस्तान बनाउन

कतिपयले उनलाई देशकै होनाहार युवा उद्यमी भनेर चिन्छन्



Download our app to get more features


बीबीसी,कात्तिक ९ । दश वर्षकी जिमाल भन्छिन्–जथाभावी फोहोर फाल्नेहरुले एकपल मात्र सोचिदिएर यसले हाम्रो पर्यावरणमा पार्नै प्रभावका बारेमा विचार गरिदिने हो भने वातावरण कति सफा र आकर्षक देखिनेथियो होला ।

उनी पाकिस्तानको पञ्जाब प्रान्तको सरगोध शहर निवासी मात्र १० वर्षकी केटी हुन् तर उनले गरिहेको काम कुनै पाको मानिसको भन्दा कम छैन् । उनी पाकिस्तानमा बढिरहेको अव्यवस्थित फोहारमैलाबाट कसरी उन्मुक्ति पाउज सकिन्छ भन्ने बारेमा जनचेतना फैलाउनुका साथै आफ्नो गाउँ र टोलमा फोहोरमैला व्यस्थापन गरेर नै देखाईदिएकीछिन् । उनीसँग फोहोरमैला व्यवस्थापन गर्ने उपाय छ । कतिपयले उनलाई देशकै होनाहार युवा उद्यमी भनेर चिन्छन् । 

उनले बताएको उपाय अवलम्वन गरेर फोहोरमैला व्यस्थापन गर्न थालेपछि टाढा टाढा सम्म फोहोरमैला, प्लाष्टिकका थरीथरी रङका झोला, काठका टुक्रा केही पनि देख्न पाइदैन् । पाकिस्तानको पर्यावरण संरक्षण विभागका अनुसार पाकिस्तानमा प्रत्येक वर्ष २ करोड टन फोहोरमैला निस्किने गर्दछ । 

जिमाल भन्छिन् – पूरै पाकिस्तान फोहोरमैलाका कारण अस्तव्यस्त भएको तपाई देख्न सक्नुहुन्छ, उनी अगाडी भन्छिन्–मानिसहरु प्लाष्टिकको झोला प्रयोग गर्छन र लापरवाह किसिमले फाल्नछन, यो आफै नष्ट हुने चिज होइन मानिसहरु यसको पुनः प्रयोगका बारेमा किन सोच्दैनन्?  फोहोरमैला व्यस्थापनका लागि पाकिस्तानमा कुनै नयाँ तरिका अहिलेसम्म नअपनाइएको बीबीसीले लेखेको छ । सरकारले कूल फोहोरको ५० प्रतिशत फोहोर व्यस्थापन गर्न सक्ने भएपनि त्यसको लागि खुल्ला र खाली जग्गा नभएकाले काम हुन नसकेको बताइन्छ । 

१० वर्षकी जिमालले आफैंले बनाएको जैविक झोलाको मद्दतबाट गाउँशहर सफा राख्ने काममा जुटिरहेकी छिन् । उनको कामबाट प्रभावित भएर उनको टोल तथा छिमेक वरपर सरसफाईका सम्बन्धमा निकै जागरुकता आउन थालेको छ ।
उनका अनुसार उनका बाबा तथा दाईले जैविक ब्याग तयार पार्ने  सामान किन्न पैसा दिन्छन् र मात्र यो काम गर्न उनी सफल भएकी छिन् । उनले विभिन्न च्यारिटी शो गरेर पैसा कमउँने गर्दछिन् र त्यो पैसा अनाथ बच्चाहरुका लागि खर्च गर्ने गर्दछिन् । जिमाल आशा गर्दछिन् कि आफूले स्च्छ वातावरणका लागि गरिरहेको काम एकदिन पूरै सफल हुने छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts