मुगाबेलाई सद्भावना दुत बनाउने निर्णयबाट यसकारण पछि हट्यो 'डब्लू एच ओ'
डब्लू एच ओ को विश्वसनियतमाथि प्रश्नचिन्ह

बीबीसी, ६ कात्तिक । विश्व स्वास्थ्य संगठनले जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेलाई सद्भावना दुत बनाउने आफ्नो फैसला फिर्ता लिएको छ ।
विश्वभरमा भएको तिखो आलोचनापछि विश्व स्वास्थ्य संघ आफ्नो निर्णयबाट पछि हटेको हो । संगठनका प्रमुख टेड्रोस एडहेनम गेब्रियेसोसले आफ्नो एक बयान जारी गर्दै भनेका छन्–जस्ले यस विषयमा विरोध गरे त्यो सब मैलै सुने र मैले यस विषयमा धेरै विचार गरेर पछिल्लो निर्णय लिए । यस विषयमा जिम्बाबेको सरकारसंग पनि कुरा गरेपछि यो महत्वपूर्ण निर्णय लिइएको उनको भनाई छ । यो भन्दा अगाडी प्रमुख गेब्रियेसोसले सार्वजनिक स्वास्थ्यको क्षेत्रमा उत्कृट कार्य गरेको भन्दै जिम्बाबेको खुबै प्रशंसा गरेका थिए ।
गएको हप्ता उरुग्वेमा भएको एक सम्मेलनमा गेब्रियेसोसले अफ्रिकामा नसर्ने रोगको सद्भावना दुतका रुपमा मुगाबेको नाम घोषण गरेका थिए । उनले त्यतिबेला जिम्बाबे स्वास्थ्य सेवा केन्द्रमा राखेर नीति निर्माण गर्ने देश भएको बताएका थिए । तर आलोचकहरुले मुगावे राम्रो मान्छे नभएको टिप्पणी गरेका थिए । मुगावेले जिम्बाबेको स्वास्थ्य क्षेत्रमा ३० वर्ष काम गरेपनि केही प्रगती गर्नुको साटो त्याहाँको स्वास्थय क्षेत्र झनै तहशनहश गराएको तथा आफ्नो शासनकालमा कर्मचारहिरुलाई तलब समेत नदिने निरकुंश शासक भएको आलोचना भइरहेका छन् । संगठनको पछिल्लो निर्णले डब्लु एच ओ माथी नै प्रश्न उठ्न सक्ने भन्दै सरोकारवालाले भने चिन्ता व्यक्त गरेका छन् ।