सरुवा रोगको शिकार बन्दै रोहिङ्गा बालबालिका



Download our app to get more features

संयुक्त राष्ट्रसंघ, ५ कात्तिक (रासस÷सिन्ह्वा) : म्यानमारमा यहाँका अल्पसंख्यक मुस्लिम समुदाय रोहिङ्गा जातिका विरुद्धमा जारी रहेको भनिएको राजनीतिक हिंसाका कारण भागेर बंगलादेश पस्ने म्यान्मालीको संख्या प्रतिदिन बढ्दै गएको समाचार छ । 

प्राप्त पछिल्लो समाचारअनुसार यसरी भागेर बंगलादेश पुगेका म्यान्माली शरणार्थीको संख्या ५ लाख ९० हजार रहेको छ । अहिले पनि म्यानमारको सीमा क्षेत्रबाट बंगलादेश छिर्ने क्रम जारी नै रहेको बताइएको छ । 

यसरी बंगलादेश पुगेका म्यान्माली शरणार्थीमध्ये आधाभन्दा बढी बालबालिका रहेका बताइएको छ । शरणार्थी बालबालिकाको संख्या ३ लाख २० हजार रहेको पनि प्राप्त सो समाचारमा जनाइएको छ । 

ती शरणार्थी शिवीरहरुमा रहेका बालबालिकाको अवस्था प्रतिदिन नाजुक हुदै गएको छ । स्वस्थ खानेपानी तथा अन्य आधारभूत आवश्यकताको अभावमा उनीहरुको अवस्था नाजुक बन्दै गएको बताइएको छ । 

उनीहरुमा पानीजन्य संक्रमण देखिएको, झाडापखाला र आउँका बिरामीहरु प्रतिदिन बढिरहेको भन्दै स्वास्थ्य कार्यकर्ताहरुले बालबालिकामा हैजाको प्रकोप फैलिनसक्ने त्रास कायमै रहेको बताएका छन् । 

गएको अक्टोबर २५ मा म्यानमरको उत्तरी राखिन राज्यमा बसोबास गरिरहेका रोहिङ्गा समुदायका मुस्लिमआबद्ध सशस्त्र समूहले सोही क्षेत्रका प्रहरी चौकीमा हमला गरेपछि त्यहाँको सेनाले उक्त समुदायमाथि नै आक्रमण थालेको थियो । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts