पटका पड्काउदा भारतमा तीस जनाको आँखामा चोट

६ जनाको शल्यक्रिया नै गर्नुपर्यो



Download our app to get more features


नयाँदिल्ली, ५ कात्तिक (रासस÷सिन्ह्वा) : भारतको तेलङगाना राज्यमा पटका पड्काउदा आँखामा चोट लागेका काम्तीमा तीस जना अस्पताल भर्ना भएका छन् । 

दीपावलीको अवसरमा बेलुका पटका पड्काउदा उनीहरूको आँखामा चोट लागेको राज्यका स्वास्थ्य मन्त्रीले जानकारी दिएका छन् । उनीहरू सबैको अहिले सरकारी अस्पताल सरोजिनी आँखा अस्पतालमा उपचार भइरहेको उनले बताए ।  

भारतमा दीपावलीको वेला पटका पड्काउने प्रचलन अत्यधिक रहेकाले अरु पनि धेरै जनाको आँखामा चोट लागेको हुन सक्ने अनुमान गरिएको छ । 
आँखामा चोट लागेका मध्ये छ जनाको शल्यक्रिया नै गर्नुपरेको चिकित्सकले बताएका छन् । उनीहरुलाई पर्याप्त हेरचाहसहितको राम्रो स्वास्थ्य सेवा दिइरहेको पनि मन्त्री रेड्डीले बताए ।  भारतमा दिवावलीमा अत्यधिक पटकाहरु पड्काउने गरिन्छ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts